पनौती । जिल्ला समन्वय समिति र जिल्ला खेलकुद समिति काभ्रेपलाञ्चोकको आयोजनामा यही माघ २० गते शुक्रबार वृहत खेलकुद महोत्सव हुने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता विषयमा जानकारी दिनुहँदै जिल्ला समन्वय प्रमुखले महोत्सवमा ११ खेलको आयोजना गरिने जानकारी दिनुभयो ।

महोत्सवमा जिल्लाका १३ वटै स्थानीय तहवाट खेलाडीहरू सहभागी हुनेछन् । महोत्सवमा फूलकन्ट्रया कराँते, सितोरियो कराँते, wtf कराँते, itf कराँते, भलिबल, कबड्डी, एथलेटिक्स, फूटबल, ब्याडमिन्टन बुद्धिचाल खेलहरू प्रतियोगितामा समावेश गरिने छन् ।

विजयी खेलाडीहरूमध्ये १३२ जनालाई स्वर्ण, १३२ जनालाई रजत र १९४ जनालाई कास्य पदक वितरण गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा भएको पत्रकार सम्मेलन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम, उपप्रमुख रिम बहादुर तामाङ, जिल्ला समन्वय समिति पदाधिकारीहरू, समन्वय अधिकारी शान्तिराज प्रसाई, काभ्रे जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आउनुभएका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.