कास्कीको बैदाममा देउसीभैलोबाट संकलित रकम बाट  मोटरसाइकल खरिद

 

कास्कीको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसी–भैलोबाट संकलित रकममा केही थप गरी मोटरसाइकल खरिद गरेको छ।

बिज्ञापन

कार्यालयका अनुसार कुल २ लाख २४ हजार ९७० मा खरिद गरिएको उक्त मोटरसाइकल जेनजी आन्दोलनका क्रममा सवारीसाधन क्षति भएपछि गस्ती तथा सुरक्षा व्यवस्थामा सहजता ल्याउन सहयोग गर्नेछ।

देउसी–भैलोबाट २ लाख २१ हजार ५१४ संकलन भएको थियो। संकलित रकममा थोरै थप रकम समायोजन गरी मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ।