काँग्रेस जिताऔँ अभियानमा धुलिखेलका पोखरेलको सक्रिय भूमिका (भिडियो सहित) हेर्नुहोस्

काभ्रे:  नेपाली काँग्रेसले सुरु गरेको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ काभ्रेमा पनि सुरु भएको छ ।

आगामी स्थानीय तहको निर्वाचन २०७९ लक्षित गर्दै काँग्रेसले सचालन गरेको सो अभियान जिल्लाको १३ वटै स्थानीय तहका १ सय ३५ वडामा सञ्चालन भएको छ । काँग्रेसको उक्त अभियान काँग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले काभ्रेको बनेपामा एक कार्यक्रमकाबीच शुभारम्भ गर्नुभएको थियो । 

नेपाली काङ्ग्रसकोे १४ औँ महाधिवेशनको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत सदस्य पदमा निर्वाचित हुनुभएका काभ्रे जिल्लाको धुलिखेलका रामकृष्ण पोखरेल अहिले नेपाली काँग्रेसले सुरु गरेको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ मा सक्रिय रुपमा देखिनु भएको छ ।

बिज्ञापन

त्यस्तै पोखरेलले “आउ नेपाली देश बिकासमा जागौ” भन्ने चुनाव लक्षित नेपाली बोलको गित समेत सार्वजनिक गर्नुभएको छ ।  पोखरेलको युटुब च्यानल बाट उक्त गित सार्वजनिक भएको हो ।

गितमा स्वर/शब्द/रचना राम कृष्ण पोखरेलको रहेको छ भने संगित बाल कृष्ण सेवाचार्यको रहेको छ । गितमा स्थानीय चुनावमा कांग्रेस लाई जिताउ, घर घरमा जाउ, आउ नेपाली देश बिकासमा जागौ नेपाली जस्ता शव्दको प्रयोग भएको छ ।

काभ्रेको धुलिखेल नगरपालिकामा पोखरेलको नेत्रित्वोमा घर घर जाऔ काँग्रेस जिताऔ अभियान अन्तर्गत “आउ नेपाली देश बिकासमा जागौ” भन्ने  गीतको भिडियो सहित हेर्नुहोस: