नवनियुक्त परराष्ट्रमन्त्रीद्वारा पदभार ग्रहण

# नवनियुक्त परराष्ट्रमन्त्रीद्वारा पदभार ग्रहण
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, पुष ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् ।नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएकी हुन् ।

परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी थिइन् ।केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्माले सकारात्मक जवाफ दिएका थिए ।

उनको विज्ञतालाई समेत ख्याल गरेर परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री निकट स्रोतले  जानकारी दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up