पछिल्लो समय कलाकारिता क्षेत्रका गीत संगीतको उचाई ह्वात्तै बढेको छ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ । तर कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ।

पछिल्लो समयमा गीत सार्वजनिक गरे लगत्तै हरेक संचारमाध्यममा “फूल रसैको” बोलको गीत निकै घन्किने गरेको पाइन्छ ।प्रस्तुत गीतमा लक्ष्मी खड्का,दिल दैलेखी,टेरिशा बिशी,हेमराज डिसि,रबिन्द्र पुलमि,श्याम लाल डागिको सुमधुर आवाजहरु सुन्न सकिन्छ। नयाँ गीत सार्बजनिक गरे संगै सबै जनाले “काफल पाक्यो”मा पनि आफ्नो स्वर भरेर भर्खरै गीत सार्वजनिक गरेको छन्।

उक्त बोलको गीतमा शब्द विक्रम बाबु बिश्वकर्माको रहेको छ। उहाँ आफैमा व्यस्त हुनुहुन्छ। जसको शब्द को गीतले सबै दर्सकहरुको मन छुने गर्दछ र यो “फूल रसैको” पछिल्लो समय यस्तै बनेको देखिन्छ भने उक्त शब्दमा संगीत हेम राज डि.सि र दिल दैलेखिको रहेको छ। दिल दैलेखिको निर्देशन गरेको भिडियोमा छायांकन प्रनिश क्षेत्रि र सरोज साहि को सम्पादन रहेको छ। सार्वजनिक लोक तथा दोहोरि गीतको भिडियोमा केशब श्रेष्ठ केबल,मौशमी राना मगर,रेजिना पुलामी,सुबास कार्कि र अन्य साथीहरुको धमाकेदार अभिनय रहेको छ। भिडियो दिल दैलेखि नामक अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। यो टिमको अन्य गीतहरु जस्तै यो गीतमा पनि सफलता मिलोस सम्पुर्ण टिमलाई हाम्रो शुभकामना……
पुरा भिडियो….

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly