काभ्रेपलान्चोक – महिला उद्यमी रज्जु रञ्जितकार सम्मानित भएकी छन् । मञ्जुश्री असहाय संरक्षण केन्द्र केन्द्रीय कार्यसमिति र काठमाडौं शाखाले उनलाई सम्मान गरेको हो ।

तीजको अवसरमा शनिबार आयोजित एक कार्यक्रमबीच संस्थाका केन्द्रीय अध्यक्ष मञ्जु खाँण ठकुरी र शाखा अध्यक्ष मीना बस्नेतले रञ्जितकारलाई सम्मान गरेका हुन् ।

महिला उद्यमशीलताका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल रञ्जितकारले महिला अधिकार तथा न्यायका क्षेत्रमा पनि उल्लेखनीय काम गरेकाले सम्मान गरिएको अध्यक्ष खाँणले बताइन् । विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक तथा उद्यमशीलता विकासका क्षेत्रमा काम गर्दै आएकी रञ्जितकार मञ्जुश्री असहाय संरक्षण केन्द्रकी सल्लाहकारसमेत हुन् । तिज विशेष कार्यक्रममा समाजसेवी तथा पत्रकार राजन थापा लगायत अरु बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । – आर्थिक आवाज बाट साभार

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..