दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ को एक भब्य समारोह बीच नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीज्यु हात बाट समाजसेवी डोमा थापा “समाजसेवी बिसेष सम्मान-२०७८” बाट सम्मानित भएकी छिन। बिगत लामो समय देखि अमेरिका बसोबास गर्दै आएकी उनि भुटानी मुलकी नेपाली नागरिक हुन्। नेपालमा दुख पिडा परेका असाहय, अनाथ, बृद-वृदा, बालबालिका, एकल महिलाहरुलाई सहयोग प्रदान गर्दै आएकी उनि भुकम्प, बाडी-पिडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आएकी छिन। विदेशमा रहेर पनि दुखि पिडितको साहारा बनेकी डोमा उनको सहयोगी भाबको कारणले हजारौ पिडितलाइ गास बास कपासको ब्यबस्था गर्दै सम्बृद नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उच्च मुल्यांकन गर्दै समाजसेवी डोमा थापालाइ माननीय मन्त्रि लगायत अन्य बिशिष्ठ व्यक्तित्व मार्फत बिसेष समाजसेवी सम्मान-२०७८ प्रदान गरिएको थियो।
“दया माया र करुणाकि धनी
सेवा बाटै बनिन सबैको आखाको नानि”
भुटानमा जन्मिएर नेपालमा हुर्किएकी र हाल अमेरिकामा बसोबास गर्दै आफ्नो ब्यवसाय गर्दै आएकी डोमा थापा एक कुसल ब्यवसायी संगै बरिष्ठ समाजसेवी हुन्। हरेक सङ्घर्षलाइ साथी बनाउदै डोमाले सयौं उत्तराचढावलाइ सहर्ष स्वीकार गर्दै सामाजिकहातहरु अगाडि बढाउदै आएकी छिन। कहिल्यै हिम्मत नहार्ने डोमा आफ्नो अर्थक परीश्रम र आत्मबिश्वास लिएर अगाडी बढिरहेकी छिन। पछिल्लो समय सफल ब्यवसायी र समाजसेबिमा छुट्टै छबि बनाएकी उनि कसैको दुख देख्न सक्दिनन। आफ्नो मेहनत र परिश्रमको कमी बाट करोडौँ रकम सामाजिक कार्यमा लगाएकी उनले हरेक क्षेत्रका पिडितलाइ सेवा गर्दै आएकी छिन। चितवनमा रहेको साहाराको घरलाइ उनले घरनै निर्माण गरेर सहयोग गर्दै त्यहा आश्रित थुप्रै छोरीहरु आश्रय प्रदान गरेकी छिन्।
उनको यस सामाजिक कार्यले सफलताको शिखर चुमोस यहि छ हाम्रो शुभकामना !

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly