काभ्रेपलान्चोक – अपाङ्ग भएका न्यायप्रेमी व्यक्तिहरु लोकतान्त्रिक अपाङ्ग संगठनमा सार्थक समावेशी सहितको सामाजिक परिवर्तन तिनकै काँधमा भन्ने मुल नारा लिएर लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल काभ्रे जिल्ला कमिटीले पहिलो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । 

हिजो चैत ५ गते नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा उक्त सम्मेलनको आयोजना गरिएको थियो । नेकपा एमाले सम्बद्ध जनसंगठन नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संगठन काभ्रे जिल्लाको प्रथम सम्मेलन नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य केशब बडालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।     

जिल्ला सम्मेलनले दैबराम खनालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी सर्बसम्मतिले चयन गरेको नेकपा एमाले जिल्ला पार्टी कार्यालय सचीव हरि कुमार मैनालीले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।     

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly