नेविसंघ कार्यकर्ताद्वारा बस्नेतमाथि बेलुन प्रहार: सभापति शेर्पाद्वारा कडा कारबाहीको चेतावनी

 

काठमाडौं । विराटनगरमा महेश बस्नेतमाथि बेलुन र मसी प्रहार गर्ने घटनापछि नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पाले संगठनको नाम दुरुपयोग गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

बिज्ञापन

बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता भएको पुष्टि गर्दै शेर्पाले रातो मसी छ्याप्ने कायरता नेविसंघको नभएको स्पष्ट गर्नुभएको छ।

उनका अनुसार लोकतन्त्रमा विरोध अधिकार भए पनि आक्रमणजस्ता गतिविधि स्वीकार्य हुँदैन र दोषीकार्यकर्तालाई संगठनले कडा कारबाही गर्ने छ।