

काभ्रेपलान्चोक – अमेरिकाको ओहायो राज्यको एट्नामा बस्दै आएका दम्पति गायक पुर्ण कट्टेल र गायिका शितल शर्माले ‘राख्छु मुटु माझ’ नामक गीत सार्वजनिक गरेका छन् । भ्यालेन्टाइन डे को अवसर पारेर उक्त सांगितिक कोशेली सार्वजनिक गरिएको हो ।


गीतमा गीतकार केदार उप्रेतिको शब्द तथा संगीतकार सिडी बिजय अधिकारीको संगीत सिर्जना रहेको छ । माया प्रेम मा आधारित यो गीत दिन प्रति दिन लोक प्रिय बन्दै गएको छ।
उक्त गीतको लोक प्रिय संगै गीत संगीतमा दोय दाम्पतिलाई धेरै दर्सकहरु ले मन पराईएका छन्।
बिज्ञापन



गीतको म्युजिक भिडीयोमा कलाकारद्वय सुधीर श्रेष्ठ र समिक्षा पाेखरेलको अभिनय रहेकाे छ भने उत्तम श्रेष्ठ शिशीरले निर्देशन गरेका हुन् ।

यही गीतबाट दम्पति गायकगायिकाले सांगितिक दुनियामा डेव्यु गरेका छन् ।
पुरा भिडियो हेर्नुहोस