गायक अशोक अर्यालको स्वर ,शब्द र संगीत रहेको नयाँ लोक भजन “नारायण नारायण ” युट्युब मार्फत सार्बजनिक भएको छ। कृष्ण भान्जाको संगीत संयोजन रहेको उक्त भजनको अडियोलाई श्यामस्वेत रसाईलीले ध्वनि मिश्रण गरेका छन्। बिगत लामो समय देखि अमेरिकामा रहँदै आएका गायक अर्यालले गत महिना आफ्नो नेपाल भ्रमणको क्रममा उक्त लोक भजनको निर्माण गरेका हुन्।

स्याङ्ग्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पबित्र तिर्थस्थल कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको उक्त लोक भजनको भिडियोको निर्देशन प्रतिमा अर्याल को रहेको छ भने छायांकन लक्की गाएज ले गरेका छन् । नबिन घर्ति मगरले सम्पादन गरेको उक्त भजनको भिडियोको निर्माण र बजार व्यवस्थापन सलीना म्युजिक प्रा लि गरेको छ। अत्यन्तै कर्णप्रिय लयमा रहेको यस लोक भजनले दर्शक स्रोताको मन जित्ने बिश्वास गरिएको छ।
गायक अर्यालले आफ्नै युट्युब च्यानल “अशोका इन्टरटेनमेन्ट” मार्फत लोक भजन “नारायण नारायण ” सार्बजनिक गरेका हुन्।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस :

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly