काभ्रेपलान्चोक –दुबईमा आयोजित एमएसएन एक्सिलेन्स अवार्ड कार्यक्रममा गिनिज बुक बुक मा नाम लेखाइ सकेका युवा ब्यक्तित्तो मिडिया ब्यबसायी तथा संचारकर्मी राजन खरेल लाइ युवा प्रतिभा सम्मान – २०२१ प्रदान गरिएको थियो खरेलले संसार को अग्लो स्थानमा म्युजिक भिडियो निर्माण गरि गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका थिए भने उनि विभिन्न मेला महोत्सव अवार्ड तथा कार्यक्रमा हरुको समेत प्राविधिक संयोजनका रुपममा काम गर्दै आएका छन्। खरेल कलिउड हव , लाइफ स्टाइल नेपाल डट कम , द लाइफ स्टाइल म्यागजिनको संचालक समेत रहेका छन् । 

उक्त्त कार्यक्रममा युवा समयमै यति राम्रो काम गर्नु बस्ताममै उल्लेखनिय भयको र यस्तो काम ले प्रवासमा रहेका नेपालीलाई पनि हौसला मिल्ने हुनाले यस्ता व्यक्तिलाई सम्मान गर्न पाउदा बस्ताममै खुसि मिलेको आयोजक ले बतायाको छ।

नेपाली राष्ट्रिय गान र अरवी राष्ट्रिय गान सहित शुरु भएको कार्यक्रम समारोहको समुदघाटन ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी समेत रहेका शेख नासिर मुर्त्दाह बकर, समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) तथा एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले गरेका थिए । सो अवसरमा पत्रकार महासंघ युएइका अध्यक्ष लक्ष्मण खनालले स्वागत मन्तव्य राख्दै आयोजक संस्थाको बिषय र कार्यक्रम बारे जानकारी गराएका थिए भने नेप्लीज डान्स समूहका सनम रसाईली र समुहका सदस्यहरुले स्वागत नृत्य पस्किएका थिए ।सो अवसरमा विभिन्न कलाकारहरुले नृत्य, गीत लगायतका प्रस्तुती दिएका थिए । जसमा नेपाली रकस्टार बिनोद ढकाल, मुग्लान ब्याण्डकी प्रतिक्षा कुंवर, मंगोलियन ब्याण्डका सन्तोष परियारले गायन, प्रियंका नेपाली र नेप्लिज ब्याईज डान्स ग्रुपका राजिव लामाले नृत्य प्रस्तुत गरेका थिए ।

मोडल संङ्स नेपालका अध्यक्ष डेभिल सिंह राजपुतको सभापतित्व माझ आयोजित उक्त अवार्ड कार्यक्रम जे सागर र सरु काव्याले संचालन गरेका थिए । कार्यक्रममा नेपाल र दुवई स्थित नेपाली समुदाय गरि करिब ३०० जनाको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly