काभ्रेपलान्चोक – नेकपा एमाले काभ्रे १० औँ जिल्ला अधिवेशनको संघारमा छ । आज नेकपा एमाले काभ्रे जिल्ला कमिटीले पत्रकार सम्मेलन गरेको छ ।

आज बनेपा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष एवं आर्थिक ब्यवस्थापन उपसमितिका संयोजक अशोक कुमार ब्याञ्जु श्रेष्ठले खुल्ला प्रतिनिधि शुल्क १ हजार र दलित प्रतिनिधि शुल्क ५ सय तोकिएको जानकारी दिदै एमाले पार्टीबाट निर्वाचित गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधि, प्रदेश र संघीय सांसदले साढे २ महिनाको तलब अधिवेशनका लागि खर्च गरिने बताउनु भएको छ। अधिबेशनमा ४७ लाख अनुमानित खर्च लाग्ने बताउनु भयो । 

नेकपा एमाले जिल्ला पार्टी उपसचिब एवं प्रचारप्रसार उपसमितिका संयोजक इन्द्र तामाङले अधिवेशनमा मतदानका लागि विद्यूतीय भोटिङ मेसिनको प्रयोग हुने जानकारी दिदै अरु जिल्लाको तुलनामा ३० हजार जन सहभागिता धुलिखेलमा उतारेर अधिबेशन सम्पन्न गर्नु बताउनु भयो ।

अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन गर्ने छ । जसमा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, सचिब एक जना, उपसचिब दुई जना गरी ५ जना पदाधिकारी रहनेछन् । जिल्ला अधिवेशनमा पदेन, भूगोल, पालिका कमिटी, जनसंगठन र मनोनित गरि करिब १ हजार ३ सय ५० जना प्रतिनिधि छानिएको उपसमिति संयोजक तामाङले बताउनुभयो । 

काभ्रे जिल्ला भरी बाट आएका मानिसहरुको सवारीसाधन लाई तीन ठाउँमा पार्किङको ब्यवस्था मिलाइएको अध्यक्ष ब्याञ्जुले जानकारी दिनु भयो ।

उहाँले खुल्ला सत्रमा ५ सय र बन्द सत्रमा २ सय स्वयमसेवक परिचालन हुने बताउनु भयो । उक्त पत्रकार सम्मेलनमा नेकपा एमाले जिल्ला सचिब नारायण पाण्डे सचिवालय सदस्य कुमार तिमल्सिना, जिल्ला कमिटी सदस्य तुल प्रसाद दाहाल लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly