काभ्रेपलाञचोक –नेपाली चलचित्रमा अभिनेताको रुपमा स्थापित नाम हो प्रवण भुसाल । उनी बिगत एक दशकदेखि नायकको रुपमा नेपाली चलचित्र उधोगमा सक्रिय रहँदै आएका छन् ।

प्रवणले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘घनचक्कर’ गत महिना मात्र रिलिज भएको थियो । यो चलचित्रमा आफुले गरेको अभिनयलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएपछि नायक प्रवण भुसाल थप उत्साहित छन् । लामो समयदेखि अभिनेताको रुपमा काम गर्दै आएका प्रवण भुसालसँग नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गरेको कुराकानीको

० तपाईले अभिनय गर्नु भएको चलचित्र घनचक्कर हालै रिलिज भयो । कस्तो प्रतिक्रिया पाउनु भयो ?
यो चलचित्र यही असारमा रिलिज भएको थियो । वर्षा मासमा पनि दर्शकबाट चलचित्रले राम्रो साथ पायो । यो चलचित्रमा मैले निर्वाह गरेको भूमिका पनि दर्शकले रुचाउनु भयो । यो फिल्ममा मैले हास्य प्रधान भूमिका गरेको थिएँ । यस अघि प्राय नकरात्मक भूमिकामा प्रसतुत हुँदै आएको म चलचित्र घनचक्करमा हास्य अभिनेताको रुपमा प्रस्तुत हुँदा दर्शकलाई मेरो काम केही फरक रुपमा हेर्नु भयो ।

० अभियनमा कसरी आउनु भयो ?
स्कुल अध्ययनको क्रममा लमहीमा म स्टेजमा नाटक प्रस्तुत गर्थे । स्कुले जीवनबाट सुरु भएको अभिनय यात्रालाई उच्च शिक्षा हाँसिल गर्न काठमाडौं आएपछि उत्साहका साथ अघि बढाएँ । डेढ दशक अघि डा. भोला रिजालको कथामा आधारित नाटक ‘सगरमाथा रोईरहेछ’मा मैले नायकको रुपमा अभिनय गरेका थिएँ । यो सडक नाटकमा काम गरेपछि निर्देशकहरुको नजरमा म परेँ । त्यसपछि मैले विभिन्न सडक नाटकमा काम गरेँ । सोही क्रममा मेरो सर्वाधिक रुचाईएको नाकट बेरोजगार थियो । यसरी थिएटर कलाकारको रुपमा अभिनय गर्दै म चलचित्र तर्फ अघि बढेको हुँ ।

० फिल्म खेल्नु अघि अभिनय सम्बन्धि कुनै प्रशिक्षण लिनु भयो त ?
अबस्य लिएँ नी । नाट्यकर्मी तथा अभिनेता, निर्देशक अनुप बराल सरको एक्टर स्टुडियो मार्फत अभियनमा मैले डिप्लोमा गरेँ । यो स्टुडियोको म १३ औं व्याचको विधार्थी थिएँ । ६ महिनाको डिप्लोमा गरेपछि फेरी मैले नाटकमा उहाँसँग काम गरेँ । त्यसपछि नायकको रुपमा चलचित्र क्षेत्रमा आएका हुन् ।

० तपाईको चलचित्र अभिनय यात्रा कहाँबाट सुरु भएको हो ?
मेरो फिल्मी करियर चलचित्र ‘ए के ४७’बाट सुरु भएको हो । एक दशक अघि निर्मित यो चलचित्रमा मैले खलनायकको भूमिका निर्वाह गरेको थिएँ । यो चलचित्रका निर्देशक विशाल बिष्टले अडिसनबाट मलाई यो चलचित्रको लागि चयन गर्नु भएको थियो । चलचित्र ए के ४७ मा मैले निर्वाह गरेको खलनायकको भूमिकालाई दर्शकले खुलेर प्रसँसा गर्नु भयो । यो चलचित्रमा पाएको प्रसँसापछि मैले चलचित्र अभिनयलाई निरन्तता दिएको हुँ ।

० त्यसपछि पनि खल चरित्रलाई नै निरन्तता दिनु भयो की ?
हैन, मैले नायक र खलनायक दुबै प्रकारको भूमिका निर्वाह गरेँ । एक के ४७ पछि यो चलचित्रको काम देखेर मलाई निर्देशक भुषण दाहालले चलचित्र ‘द सेम सेक्स म्यारिज’मा प्रस्ताव गनुर्् भयो । यो चलचित्र भने मैले नायकको रुपमा अभिनय गर्ने अबसर पाएँ । यो चलचित्रलाई ब्लु डायमन्ड सोसाईटी र नर्वेजियन राजदुतावासले निर्माण गरेको हो । यो चलचित्र विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा पनि चयनसँगै प्रदर्शन भयो । यसले मलाई केही फरक रुपमा चिनायो । यही चलचित्रबाट म नायकको रुपमा पनि स्थापित भएको हुँ ।

० तर फेरी अरु चलचित्रमा खलनायककै भूमिका गर्नु भयो नी ? कारण के होला ?
म हरेक प्रकारको भूमिका निर्वा गर्न चाहने कलाकार हुँ । मलाई फेरी अर्को चलचित्र लुकामारीमा खल चरित्रकै भूमिकामा प्रस्ताव आयो । यो चलचित्रमा मैले शिर्ष खल चरित्रको भूमिका निर्वाह गरँे । सौगात मल्ल, सुरविना कार्की, कार्मलगायतको पनि अभिनय रहेको यो चलचित्र ख्याती श्रेष्ठ हत्या काण्डमा आधारित थियो । ख्यातिको हत्या गर्ने शिक्षकको भूमिका मैले यसमा निर्वाह गरेका थिएँ । यो फिल्मबाट म विभिन्न राष्ट्रिय अवार्डहरुमा खल नायकको रुपमा समेत मनोनयनमा परेँ । त्सपछि मलाई नायकसँगै खलनायकको भूमिका पनि फेरी प्यारो लाग्न थाल्यो ।

० चलचित्र मन्दिरबाट त अवार्ड नै जित्नु भयो हैन ?
हो नी । मलाई मुख्य भूमिकामा चिनाएको अर्को चलचित्र मन्दिरा हो । यो चलचित्रबाट मैले क्वालिटी इन्टरटेनमेन्ट अवार्ड समारोहमा वर्षको उत्कृष्ट खल चरित्रको अवार्ड समेत हाँसिल गरे । यो चलचित्रमा पनि म खलनायक भन्दा पनि एन्टी हिरोको रुपमा थिएँ । यसपछि मैले अर्को चलचित्र ‘द डटर’बाट पनि राष्ट्रिय अवार्ड जितेको छु । यो फिल्ममा म नायक नै छु । छोरीलाई अत्यन्त मायाँ गर्ने पिताको भूमिकामा म रहेको छु । यो फिल्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सबमा चयन भएर पुरस्कृत समेत भएको छ । यो चलचित्र अन्तराष्ट्रिय ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’, ‘छैटौं काठमाडौं सर्ट फिल्म फेस्टा–२०२२’ ‘पिम नेपाल फिल्म फेस्टिबल –२०२१’मा चयन भएर प्रदर्शन समेत भयो । जस मध्य यो चलचित्रबाट ‘पिम नेपाल फिल्म फेस्टिबल –२०२१’मा सर्वोत्कृष्ट अभिनेताको अवार्ड मैले जित्ने अबसर पाएँ । डब्बु क्षत्री निर्देशित यो चलचित्र विभिन्न अन्तराष्ट्रिय महोत्सबमा पनि सहभागी हुँदै छ ।

० फिल्मको नायक भएर म्युजिक भिडियोमा पनि सक्रिय हुनुहुन्छ । म्युजिक भिडियो खेल्नुको कारण ?
हो आधा दर्जन भन्दा बढी चलचित्रमा सकरात्मक तथा नकरात्मक दुबै प्रकारको भूमिकामा काम गरेको मैले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेको छु । म्युजिक भिडियोलाई म लघु चलचित्रको रुपमा लिने गर्छु । मैले अभिनय गरेको मलाई धोका…, थाहै नपाई…, चिया पकाउन…, झापा इलाम…, यो तिजैमा नाच्ने हो…सहित थुप्रै म्युजिक भिडियोहरु लोकप्रिय छन् । जस मध्य मैले अभिनय गरेको साउनको भेल सहित केही भिडियोहरु रिलिजको तयारीमा छन् । यो सँगै यतीबेला दुई वटा नयाँ चलचित्रमा अनुबन्धित भएको छु । मैले अभिनय गरेको नयाँ चलचित्र ‘चिठ्ठी’ अहिले प्रदर्शनीको तयारीमा छ । यस्तै मैले अभिनय गरेको टेली चलचित्र दृष्टि अहिले रमाईलो टिभी (डिस होम)बाट प्रशारण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..