
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नृत्य निर्देशक संघ नेपालले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ। संघका अध्यक्ष भुवनदास श्रेष्ठले दिनुभएको जानकारी अनुसार, देशका केन्द्र तथा विभिन्न प्रदेश, जिल्ला एवं नगर शाखाहरूबाट संकलित कुल रु. ९२,४६९ (बयानब्बे हजार चार सय उनान्सत्तरी रुपैयाँ) बाढी प्रभावितहरूको सहयोगार्थ जम्मा गरिएको हो।
नेपाल बैंक लिमिटेडको पुतलीसडक शाखामा रहेको संघको चालु खाताबाट चेक मार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको बैंक भौचरमा उल्लेख गरिएको छ। देशैभरका विभिन्न तहका कमिटी तथा कलाकारहरूको सक्रियतामा संकलित यस सहयोगले भोटेकोसी बाढीबाट पीडित भएका नागरिकहरूको राहत तथा पुनर्स्थापना कार्यमा थप टेवा पुग्ने विश्वास संघले लिएको छ।


बिज्ञापन




