तीन नेपाली बालबालिकाले भियतनाममा जिते बिभिन्न उपाधि

 

काठमाडौँ । भियतनामको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने तीन नेपाली बालबालिकाले बिभिन्न उपाधि जित्न सफल भएका छन् ।

बिज्ञापन

प्रतियोगीतामा सहभागी आरिका उप्रेतीले ‘राइजिङ स्टार २०२६’ को उपाधि हासिल गर्दा सेरोन थापा ‘क्राउन प्रिन्स वल्र्ड जुनिएर टुरिजम एम्बेसडर २०२६’ को सेकेन्ड रनरअप र आरभ उप्रेतीले ‘प्रिन्स वल्र्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ को फष्ट रनरअप हुन सफल भए । प्रतियोगीतामा आरभ र सेरोनले चार्मिङ अवार्ड पनि जितेका थिए ।

दलात सहरमा आइतबारसाँझ सम्पन्न प्रतियोगीतमा सहभागी हुन उनीहरु एकसाता अघिको शनिबार त्यसतर्फ उडेका थिए ।

तीनै बालबालिका रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेसनल २०२६’ की विजेताहरु हुन् ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यटन र कलासंस्कृति प्रवद्र्धन गर्ने उदेश्यले सहभागी मध्य आरिकाले नेपालको राष्ट्रिय चरा डाँफेको भेषभुषा, सेरोनले मगर समुदायको मौलिक भेषभुषा र संस्कृति र आरभले ऐतिहासिक सहर भक्तपुरको प्रसिद्ध न्यातपोलको पोसाक सहित मन्दिरको परिचय र नेपालको सम्पदालाई प्रस्तुत गरेका थिए।

प्रतियोगितामा बालबालिकालाई लिएर अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागीहरूको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।