चलचित्र ‘कुइनेटो’को टिजर सार्वजनिक भएको छ । मिडिया एण्ड इन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त व्यानरमा निर्माण भएको माधवराज खरेलको लेखन र निर्देशन रहेको चलचित्र ‘कुइनेटो’को शुक्रबार टिजर सार्वजनिक भएको छ हो । कमला जोशी निर्माता रहेको चलचित्रको टिजरमा माया, प्रेम, समर्पण, सद्भाव र आक्रोशसँगै ग्ल्यामरलाई देखाइएको छ ।

चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसीलगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रमा किरण दाहालको द्वन्द्व, रुपेश उप्रेतीको निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको शृङ्गार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन छ । कोभिडको अवस्थामा सामान्य भएपछि चलचित्र सिनेमाघरमा प्रदर्शनमा आउने निर्देशक खरेलले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..