

काठमाडौँको थापाथली र गैरीगाउँस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले गरेको कमान्डलाई शान्तिपूर्ण र प्रभावकारी मानिएको छ ।
बिज्ञापन

थापाथली र गैरीगाउँ क्षेत्रमा धेरै ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरी सुरक्षा घेरा कसिलो पारेर उक्त स्थानका सुकुम्बासीहरूलाई त्यहाँबाट हटाउनलाई प्रहरी सफल भएको थियो ।


यस अप्रेशनमा कुनै पनि अप्रिय घटना वा मुठभेड बिना बस्ती खाली गराउन एसएसपी रमेश थापा सफल भए सँगै आज पनि भक्तपुरको मनोरा स्थित सुकुम्बासी बस्तीमा उहाँकै विशेष समन्वयमा बस्ती खाली गराउन प्रहरी सफल भएको छ ।
उहाँकै योजनामा बनेको सुरक्षा योजनाले प्रहरीले बल प्रयोग गर्नुको सट्टा स्थानीयलाई आफ्ना सरसामान सार्न र सुरक्षित स्थानमा जान सहजीकरण गरेको थियो ।


