संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’’ को दोस्रो बैठक आज दिउँसो तीन बजे बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

बिज्ञापन