
नेपाल प्रहरी शिक्षालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोकुल बहादुर कुँवर क्षेत्री २०८२ साल चैत्र महिनाका “Instructor of the Month” घोषित भएका छन्।

सांगठनिक नीति निर्देशनअनुसार आफूलाई सुम्पिएको जिम्मेवारी तथा पदीय दायित्वलाई अनुशासित, लगनशील र कर्तव्यनिष्ठ रूपमा उच्च व्यावसायिकताका साथ निर्वाह गर्दै उनले शिक्षालयको बाह्य प्रशिक्षण गतिविधिलाई समयानुकूल तथा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन्। उनको यही लगनशीलता, कार्यकुशलता र अनुशासनको उच्च मूल्याङ्कन गर्दै उक्त उपाधि प्रदान गरिएको हो।
बिज्ञापन

यस अवसरमा एसएसपी तारा देवी थापाले असई कुँवर क्षेत्रीलाई प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो।


त्यसैगरी, उत्कृष्ट प्रशिक्षकको रूपमा प्रहरी हवल्दार बद्री प्रसाद भण्डारी र सहायक हवल्दार भुपाल तामाङलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो।


