



एमालेको झोलामा शक्ति पृथकीकरण, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, जनताको सरकार, बलियो प्रतिपक्ष लगायतको सबै चिज छ । त्यसकै आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आनो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमा म झोले हो, एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो’ भन्ने सन्देश सहितको तस्बिर राखेर अरुहरुले गर्ने गाली अर्थको अनावश्यक झोले’ भन्नेहरुलाई उत्तर दिएका हुन् ।



प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षले नै म झोले हो लेखेपछि उनी आबद्ध पार्टीका पदाधिकारीदेखि कार्यकर्ताले त्यसकै सिको गर्दै म झोले हो’ भन्ने ट्रेन्ड नै चलेको थियो । थुप्रैहरुले साथ दिएको देखियो, केहिले होइनको प्रतकिार पनि ! त्यस पछि मान्छेहरुले झोले शब्दको शाब्दिक अर्थ खोज्न थाले । खास अर्थमा झोले भनेको के हो ? चूडामणि गौतमको बृहत्तर शब्दकोश’ मा हेर्दा झोलेको अर्थ झोल भएको रसदार, झोला लिएर वा भिरेर हिँड्ने भन्ने जानाउँछ । प्रज्ञा प्रतिष्ठानको शब्दकोष अनुसार मामुली भन्ने लाग्दछ । मामुलीको अर्थ निम्न तहको, नगण्य, महत्वहीन भन्ने जनाउँछ । चाहे जेसुकै किन नहोस्, यहाँ बिम्बात्मक कुराको उठान भएको हो । नकि शाब्दिक अर्थको !
शब्दहरुले फरक ठाउँमा फरक खालको अर्थ दिने गर्दछ । त्यो जेसुकै भएपनि नेपालको समकालीन राजनीतिमा नेकपा एमाले सबैभन्दा ठुलो वैचारिक र राजनीतिक शक्ति हो । माक्र्सवादलेनिनवाद र जनताको बहुदलीय जनवादको जगमा उभिएको पार्टी नेकपा एमालेले नेपाली समाजमा व्याप्त वर्गीय अन्याय, शोषण र असमानताको विरुद्ध सर्ष गर्दै आएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षको लागि एमाले चट्टान जस्तै उभिएको छ ।
एमाले विचारधाराले मात्र होइन, सङ्गठनात्मक अनुशासन, नेतृत्वको स्पष्टता र जनसमर्थनका हिसाबले पनि देशको सबैभन्दा सशक्त र देशको वर्तमान र भविष्य बोकेको पार्टी हो । पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मको नेतृत्व विकास क्रमले यसलाई स्थायित्व र दूर दृष्टि प्रदान गरेको छ । एमालेले विकास, राष्ट्रियता र सामाजिक न्यायको सन्तुलनमा आधारित समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेको छ । जनताको बहुदलीय जनवादको जगमा उभिएर समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा बोकेर यो पार्टी अघि बढेको छ ।
आज पनि राष्ट्रिय सङ्कट, वैदेशिक हस्तक्षेप वा राजनीतिक अस्थिरताको समयमा एमाले सतिसालजस्तै ठिङ्ग उभिरहेको छ । त्यसैले नेकपा एमाले केवल राजनीतिक पार्टी मात्र नभएर नेपाल र नेपाली जनताको आस्था र विश्वासको धरोहर हो । नेपालको राजनीतिमा वचार, संगठन, इतिहास र नेतृत्वको स्थायित्व बोकेको कुनै दल छ भने त्यो नेकपा एमाले नै हो । नेकपा एमाले मजबुत संगठन र स्पष्ट वैचारिक नक्सा बोकेको पार्टी हो । एमालेको झोलामा के छ त भन्ने प्रश्न केवल प्रतीकात्मकमात्र पनि हुन सक्दैन, विचार र सर्षको सम्पूर्ण यात्राको प्रतिनिधित्व हो । खास गरी एमालेको झोलामा देश र जनतासंग सम्वन्धित थुप्रै सामग्रीहरु रहेकाछन् । ती मध्ये केहि महत्वपूर्ण दस्ताबेजहरुलाई निम्नानुसार अध्ययन गर्न सकिन्छ, जसले नेपाल र नेपालीको भविष्य निर्धारण गर्दछ ।
एमालेसंग माक्र्सवादी दर्शनसहित समाज परिवर्तनको वैचारिक नक्सा छ । एमालेको वैचारिक मेरुदण्ड माक्र्सवादी दर्शन हो । जसले समाजमा व्याप्त असमानता, शोषण र विभेदको अन्त्य गर्दै वैज्ञानिक समाजवादतर्फ अग्रसर हुने मार्गचित्र प्रदान गर्छ । माक्र्सवाद केवल किताबी सैद्धान्तिक कुरा मात्र नभएर व्यवहारमा उतार्न सकिने सामाजिक रूपान्तरणको औजार हो । एमाले यही दर्शनको आधारमा नेपाली समाजलाई समतामूलक बनाउने लक्ष्यका साथ अघि बढेको छ ।
एमालेसंग पुष्पलाल, मदन र मनमोहनको मार्गदर्शनसहितको सन्तुलित र सादगीको विरासत छ । नेपाली कम्युनिष्ट आन्दोलनका आधारशिला पुष्पलाल श्रेष्ठ, जसले नकपा स्थापना गर्नुभयो । नेकपा एमाले त्यसैको जगमा उभिएको छ । पार्टीलाई नयाँ वैचारिक मोड दिने मदन भण्डारी जसले जनताको बहुदलीय जनवाद मार्फत विश्व कम्युनिष्ट आन्दोलनमा चमत्कारी सन्देश दिनुभयो । आज नेकपा एमाले त्यही जनताको बहुदलीय जनवादलाई बोकेर हिँडेको छ । सादगीपूर्ण जीवनशैली र व्यवहारिक समाजवादको नमुना मनमोहन अधिकारी जसले नेपालमा सामाजिक सुरक्षाको कार्यक्रम ल्याउनुभयो । ९ महिनाको छोटो शासनकालमा नै व्यवहारिक समाजवादको प्रयोग गर्नुभयो । यी तीन नेताको मार्गदर्शन आज पनि एमालेका लागि प्रेरणाका स्रोत हुन् । सिद्धान्त र व्यवहारको सन्तुलन कायम गर्नु, जनताको पक्षमा स्पष्ट रूपमा उभिनु र नेतृत्वमा निष्ठा कायम गर्नु यी नेताहरूको शिक्षा हो ।
एमालेसंग गौरवशाली इतिहास सहित जेल, गोली र बलिदानको कथा छ । नेकपा एमाले लोकप्रियतावाद वा कुनै मिठो नारामा उभिएको पार्टी होइन । यसको इतिहास रगत, पसिना र बलिदानले लेखिएको छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा यो पार्टी आजको अवस्थामा आइपुगेको हो । २०४६ को जनआन्दोलन होस् वा २०६२ र ६३ को लोकतान्त्रिक आन्दोलन होस् वा निरङ्कुश पञ्चायतको कालरात्रिको समय होस्, नेकपा एमाले निरन्तर सर्षले स्थापित भएको शक्ति हो । शोषणविरुद्धको लामो सर्ष, जेल, यातना, निर्वासन सबै एमालेको सङ्गठनात्मक विकासका जग हुन् । यो व्यवस्था प्राप्तिमा नेकपा एमालेको दर्बिलो इतिहास र गर्व गर्न लायकको योगदान रहेको छ ।
एमालेसंग लेनिनवादी संगठननात्मक सिद्धान्त सहितको कठोर अनुशासन र केन्ति बिभिन्न तहगत नेतृत्व छ । एमालेको संगठन संरचना लेनिनवादी मोडेलमा आधारित छ । जसमा कठोर अनुशासन, केन्ति नेतृत्व र सामूहिक निर्णयको सन्तुलन कायम गरिन्छ । यस्तो सङ्गठनात्मक विशेषताले पार्टीलाई सङ्कटका बेला समेत एकीकृत रूपमा अगाडि बढ्न सक्षम बनाएको छ । कार्यकर्तामाझ नेतृत्वको निर्देशनप्रति प्रतिबद्धता र आस्थाले संगठनलाई बलियो बनाएको छ ।
एमालेले जबजको लोकतान्त्रिक विधिअन्तर्गत जनताको सहभागिता र प्रक्रियाको सम्मान गर्दै आएको छ । एमालेले नेपाली विशेषतामा आधारित समाजवादको मार्ग पहिल्याउन जनताको बहुदलीय जनवाद अर्थात जबजको सिद्धान्त विकास ग¥यो । यसले एकातिर लोकतान्त्रिक विधिलाई स्वीकार गर्छ भने अर्कोतिर समाजवादी लक्ष्य तर्फ अघि बढ्दछ । जनताको सहभागिता, प्रक्रियामाथिको सम्मान र कानुनी शासनको पक्षमा रहेको यो सिद्धान्तले एमालेलाई वैचारिक स्पष्टता दिएको छ । जनताको बहुदलीय जनवादको राजमार्गमा नेकपा एमालेको यात्रा अघि बढेको छ । जसको स्पष्ट दिशा र दृष्टिकोण छ ।
एमालेसंग द्वन्द्वात्मक भौतिकवाद र वर्गसंघर्षको चेतनाक हिसाबले वैज्ञानिक दृष्टिकोणको जग छ । एमालेको वर्गीय दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादमा आधारित छ । जसले समाजमा विद्यमान विरोधाभासहरूलाई पहिचान गर्दै त्यसलाई समाधान गर्ने वैज्ञानिक आधार प्रदान गर्छ । वर्गसंघर्षको चेतनाले एमालेलाई श्रमिक, किसान, दलित, महिला, जनजाति लगायत उत्पीडित समुदायको पक्षमा उभिन प्रेरणा दिएको छ । एमाले स्पष्ट रूपमा श्रमजीवी वर्गको हितमा र उनीहरूको अधिकारको लागि काम गर्ने पार्टी हो । यो यथार्थलाई सबैले बुझ्नु पर्दछ ।
त्यतिमात्र नभएर यतिबेला एमालेसंग निडर, अडिग र दूर दृष्टि सम्पन्न केपी शर्मा ओलीको नेतृत्व छ । नेपालको समकालीन नेतृत्वमा कोही राजनेता छ भने त्यो केपी शर्मा ओली हो । एमालेसँग स्पट विचार, दृढ अठोट र दृष्टिकोण भएको दूरदर्शी नेतृत्व छ । चाहे भारतसँगको नाकाबन्दीको समय होस् वा राष्ट्रियताको मुद्दा उठाउने सवालमा होस् अथवा समृद्धिको अभियानमा होस् केपी ओलीले स्पष्ट र अडिग नेतृत्व प्रदान गर्नुभएको छ । जस्तोसुकै संकटमा उभिन सक्ने साहस नेपालका कुनै नेतामा छ भने त्यो केपी ओलीसँग छ ।
समग्रमा कार्यकर्ताको पङ्क्तिपद नभई, परिवर्तनका लागि लागिरहेको देखिन्छ । नेकपा एमाले अनुशासित कार्यकर्ता भएको पार्टी हो । एमालेका कार्यकर्ता केवल चुनावको बेला देखिने होइनन्, पार्टीको वैचारिक शिक्षादेखि सङ्गठनात्मक संरचनासम्ममा उनीहरूको सक्रियता छ । एमाले कार्यकर्ता अनुशासित, प्रतिबद्ध, र परिवर्तनप्रति समर्पित छन् । यही कार्यकर्ताशक्ति एमालेको असली पुँजी हो । जसले पार्टीलाई जस्तोसुकै सङ्कटको बेलामा पनि काँधमा राखेर जोगाएका छन् र अहिलेको अवस्थामा पुगेको हो ।
एमालेसंग जनताको साथ, विश्वास र माया छ । एमालेले पटकपटक चुनावमा जनताको अपार समर्थन प्राप्त गरेको छ । अहिले पनि जनमतको हिसाबले नेकपा एमाले देशको पहिलो ठुलो पार्टी हो । गाउँदेखि केन्सम्म एमालेको नेतृत्व पुगेको छ । निर्वाचन मात्रै होइन, आन्दोलनमा पनि जनताको साथ एमालेसँग रहँदै आएको छ । यस्तो जनसमर्थन नेपालका अन्य कुनै पनि पार्टीलाई छैन । जसको साक्षी एमालेको झुलाघाटचिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा छ ।
राष्ट्रियता र देश प्रेमसार्वभौमिकताको दृढ रक्षाको हिसाबले एमाले अब्बल छ । एमालेको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको राष्ट्र प्रेम, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता हो । सीयता, धर्मनिरपेक्षता र राष्ट्रिय एकताको पक्षमा नेकपा एमाले अडिग छ । विदेशी हस्तक्षेपलाई एमालेले स्वीकार्दैन, सधैँ मुर्दावाद भाएको छ । नेपाली स्वाभिमान प्रतिको आस्था र अडानले नेकपा एमाले र केपी ओली नेतृत्वको यो पार्टी जनताको सबैभन्दा प्यारो पार्टी बनेको छ ।
समृद्धि र विकासको स्पष्ट दृष्टिकोणसमृद्ध नेपाल, सुखी नेपाली’ को यथार्थवादी अभियान नेकपा एमालेको हो । एमाले केवल विगतको गौरवमा रमाउने पार्टी होइन । यो भविष्यको सपना देखाउने पार्टी समेत हो । समृद्ध नेपाल, सुखी नेपाली’ नेकपा एमालेको भविष्यको सपना हो, लक्ष हो अनि उद्देश्य । एमाले आर्थिक विकास, पूर्वाधार निर्माण, सामाजिक न्याय र सुशासनप्रति प्रतिबद्ध भएर लागेको छ । यसका लागि योजनाबद्ध काम गरिरहेको छ ।
नेकपा एमालेको झोलामा विचार, संगठन, इतिहास, नेतृत्व, जनसमर्थन र समृद्धिको सपना समेटिएको छ । यो झोला कुनै एक नेताको निजी झोला होइन । यो नेपाली जनताको लामो सर्ष, बलिदान र आशाको थैली हो । यो झोला बोकेर हिँड्न पाउनु, केवल राजनीतिमा सहभागी हुनु मात्र होइन । यो परिवर्तनको यात्रामा सहयात्री हुनु हो । त्यसैले नहिचकिचाई आउनोस्, बिन सङ्कोच एमालेको झोला बोकौँ, परिवर्तन यात्राको सहयात्री बनौँ ।
