काभ्रेपलाञ्चोक, रामेछाप जिल्लामा जन्मनु भएको रबिना परियार आजभोलि निकै व्यस्त हुनुहुन्छ । गित संगितमा नयाँ नयाँ कलाकारहरुको आगमन भैरहेको छ । कति कला भएर यस क्षेत्रमा आएका छन् भने कति कला बिना नै आएका धेरै उदाहरण देख्न सकिन्छ । सानै उमेर देखि गित गाउन रुचाउने रबिना परियारले धेरै गित आफ्नो आवाजमा बजारमा लिएर आउनु भएको छ । केही गितले त निकै चर्चा समेत कमाएका छन् । लर्के वर ढल्के पिपलु, माया मारिछयौ, हावा डाडैमा लगायतका गित बजारमा आइसकेका छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गायिका रबिना परियारसँग गरेको रमाइलो कुराकानी 

० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
गित संगीत सँगसँगै आफ्नो पढाई र करियरलाई निरन्तरा दिईरहेको छु । नयाँ नयाँ गित बजारमा ल्याउने तयारीमा पनि लागिरहेको छु । अरुत खासै केही छैन ।

० गायन क्षेत्रमा कसरी लाग्नु भयो ?
खासै गायिका नै बन्छु भन्ने त थिएन । तर रहर त गाउँमा हुँदा सानो उमेर देखि नै थियो । बचपन देखिनै गित संगीत मनपथ्यो अझै लोकदोहोरी गितहरु त एकदमै मन पथ्यो । अझै भन्ने हो भने बजारमा आएका रेडियो टिभीमा बज्ने गितहरु सबै सुन्ने गरेको थिए । गाउँ पाखामा जादा बिस्तारै गितहरु गाउन थाले पछिल्लो समय केही अग्रजहरुको सहायताले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ । मैले लिएर आएका केही गित संगित लाई दर्शक श्रोताले निकै माया गरिदिनु भएको छ । यसमा नै म खुशी छु ।

० पहिलेको गीत संगीत र अहिलेको गीत संगीतमा तपाईं के फरक देख्नु हुन्छ धेरै बिकृती आएको होइन अहिले गीत संगीतमा ?
यो बारेमा म खासै जानकार छैन । किनभने म यो क्षेत्रमा भर्खरै मात्र आएकी हुँ । के कसो हुन्छ भनेर बुझ्न बाँकि नै छ । पहिले र अहिलेको फरक भनेको अहिले अलि कती आधुनिकता हावी भएको हो कि भन्ने महसुस हुन्छ ।

० तपाईं धेरै जसो दुख पिडाका गीत बढी गाउनु हुन्छ किन ?
दुख ले नै गित गाउन सिकाउछ । दुख ले नै बाच्न सिकाउछ त्यही भएर होला । म प्रायः दुख सुख कै वरिपरि रहने गर्दछु । र यस्ता गित नै मलाई बढि मन पर्छ र गाउने पनि गरेको छु ।

० कलाकारिता क्षेत्रमा किन एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्न जान्दैनन ?
अहमता ले गर्दा नै हो म जस्तो कोहि छैन भन्ने घमण्ड जागे पछि कसको के लाग्छ र । सायद आफुले आफै लाई उच्चकोटिका ठान्नेहरु पनि छन यहाँ धेरै , तर म सबैलाई समान व्यवहार गर्ने भएकोले होला आज सम्म कहिँ कतै अपमानित हुन पुगेकी छैन ।

० तपाईंले गाउनु भएको सबैभन्दा चर्चित गीत कुन हो ? किन त्यो गीत दर्शक श्रोताको मन मुटुमा बस्न सफल भयो ?
म नयाँ नयाँ नै छु हुन त मेरो आवाजमा चार पाँच वटा गित बजारमा आइसकेका छन् । ती मध्य हालसालै बजारमा आएको गित आदरणीय दाजु श्याम ठकुरिको गित “लर्के वर ढल्के पिपलु“ बाट भने निकै आशावादी रहेकी छु । दर्शक श्रोताले यस गित लाई धेरै मन पराइदिनु भएको छ ।

० अहिले सम्म कति गीत गाउनु भयो ?
म गित संगित क्षेत्रमा लागेको धेरै भएको छैन । अहिले सम्म पाँच वटा गित गाएकी छु । केही गित बजारमा आइसकेका छन् भने केहि गित आउने तयारीमा छन् ।

० कस्तो खालको गीत बढी गाउनु हुन्छ ?
यस्तो उस्तो भन्ने त छैन तर पनि आफ्नो कल्चर झल्किने मौलिक गित हरु बढी मन पर्छ र गाउने पनि गरेको छु ।

० गायन बाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
अहिले सम्म सन्तुष्ट नै छु भन्नुपर्छ । भोलि के हुन्छ थाहा भएन अहिलेसम्म सन्तुष्ट नै छु ।

० गायन बाट बाच्न सकिन्छ त ?
एक दमै कम मात्रामा बाच्छन जस्तो लाग्छ किनकी बाच्न कै लागि यहाँ खास मापदण्ड छैन । केही दुई चार जना कलाकार यस क्षेत्र बाट बाच्लान तर अधिकाशको अर्को छुट्टै व्यवसाय हुन्छ ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नु भयो ?
बाबा मामुले गित गाउन सक्छौं भन्नुहुन्थ्यो अनि स्कुल कलेजका साथिहरुले पनि सपोर्ट गर्दथे । यहीँ कारण यो क्षेत्रमा आएकी हुँ ।

० कस्तो गायिका बन्न मन पर्छ ?
सदाबहार गायिका बन्ने इच्छा छ ।

० लोक गीत कस्तो होस जस्तो लाग्छ ?
मौलिकता बोकेको आफ्नै गाउँ ठाउँमा बज्ने,खोला, पहरा, पाखा पखेरा झल्किने दुख पिर समेटिएको होस जस्तो लाग्छ ।

० बिवाह गर्नु भएको छ ?
विवाहको बारेमा अहिले सम्म सोचेको छैन ।

० पछिको योजना के बनाउनु भएको छ ?
पढिरहेकी छु खासै योजना बुनिसकेकी छैन । गित संगित क्षेत्र बाट नै अगाडि बढछु । पहिला पढाइ पूरा होस अनि अझै सोच्नुपर्छ ।

० पर्व विशेष गीत ठिक कि अरु गित ?
पर्व विशेष गित पनि आफ्नै विशेषता बोकेको हुन्छ । अरु गित सदाबहार हुन्छन । समग्रमा सबै मनपर्छ ।

० नेपालीहरुको महान पर्व दशै कसरी मनाउनु भयो ?
म सामान्य सोच र सामान्य बिचारमा रहने मान्छे त्यसैले दसैं सामान्य तबरले मनाएको छु । यसैगरी तिहार पनि सामान्य तरिकाले नै मनाउने तयारीमा छु ।

० जीवन के हो ?
जीवन सृष्टिको एक अमुल्य उपहार हो ।

० अन्त्यमा ?
तपाई लगायत तपाईको मिडियालाई मेरा मनको कुरा राख्न दिनु भएकोमा धन्यवाद दिदै सम्पुर्ण भगवानरुपी दर्शक श्रोतालाई साङ्गितिक अभिवादन हालसालै बजारमा आएको गित लर्के वर ढल्के पिपलुलाई सुनिदिनु होला कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला भन्न चाहान्छु ।                                     

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..