
रौतहटबाट एक बोका चोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले रौतहटको देवाही गोनाही नगरपालिका– ६ उचिडी बस्ने अन्दाजी २७ वर्षीय विक्रम ठाकुरलाई नियन्त्रणमा लिएको हो।

चन्द्रपुर नगरपालिका–५ बस्ने शिवम माझीको घरबाट बोका हराएको थियो। बोका सहित विक्रमलाई नियन्त्रणमा लिएपछि प्रहरीले बोका किसान शिवम माझीलाई बुझाएको छ।
बिज्ञापन





