लायन्स क्लब अफ बालकुमारी साङ्लाको अध्यक्ष बिकास राज कुँवरकाे आयोजनामा सरसफाइ अभियान सम्पन्न

 

काठमाडौं, राजन थापा
तार्केश्वर नगरपालिका–१ मा अवस्थित प्रसिद्ध बालकुमारी मन्दिरमा चैत्र पूर्णिमाको पावन अवसरमा श्रद्धापूर्वक पूजा–आराधना सम्पन्न गरिएको छ। हरेक वर्षझैं यस वर्ष पनि स्थानीय बासिन्दाहरूले ठूलो श्रद्धा र आस्थाका साथ बालकुमारी माताको पूजा गर्दै पर्व मनाएका छन्।

बिज्ञापन

चैत्र पूर्णिमाको अवसरमा बालकुमारी मन्दिरमा पूजा–आराधनासँगै सामाजिक अभियान स्थानीय रूपमा शक्ति स्वरूपा देवीका रूपमा पूजिने बालकुमारी माता गाउँ–समाजको रक्षाकर्ता देवीका रूपमा मानिन्छिन्। विशेषगरी चैत्र पूर्णिमा, दशैं लगायतका पर्वहरूमा यहाँ भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ। शान्त वातावरण र धार्मिक महत्त्वका कारण यो मन्दिर क्षेत्रका प्रमुख आस्थाका केन्द्रहरूमध्ये एक मानिन्छ।

पूजा सम्पन्न भएपछि लायन्स क्लब अफ बालकुमारी साङ्लाको आयोजनामा मन्दिर परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो। धार्मिक स्थलको संरक्षण, वातावरण स्वच्छता तथा सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

सरसफाइ कार्यक्रममा तार्केश्वर क्लब ६०को पनि सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा लायन्स क्लबका चार्टर प्रेसिडेन्ट सचित राज कुँवर, अध्यक्ष विकास राज कुँवर, सचिव आनन्द थापा लगायत रन्जन कुँवर, राजु के.सी., सुधिर थापा, शैलेन्द्र विक्रम कुँवरको उपस्थिति रहेको थियो।

त्यस्तै, तार्केश्वर क्लब ६० का अध्यक्ष राजन थापा, वर्तमान अध्यक्ष रञ्जित कुँवर, कोषाध्यक्ष सैलेस थापा, सचिव दीपकुमार बुढाथोकी तथा दिनेश थापा सहित अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले धार्मिक आस्था मात्र नभई समुदायमा एकता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना पनि मजबुत बनाउने विश्वास गरिएको छ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा धार्मिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।