
काठमाडौँ – आज सेयर बजार परिसूचक नेप्से ४.५९ अंकले बढेको छ। कारोबारको अधिकांश समय घट्दो अवस्थामा रहेको बजार अन्तिम आधा घण्टामा सुधारिँदा नेप्से सूचक २६४० अंकमा पुगेर बन्द भएको हो। कारोबार रकममा भने केही कमी आएको छ। अघिल्लो दिन ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ९० करोड रुपैयाँमा सीमित रह्यो।

आजको कारोबारमा १२९ कम्पनीको सेयर मूल्य बढ्यो भने ११५ कम्पनीको घट्यो र १५ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचकहरू १ प्रतिशतभन्दा कम मात्र उतारचढावमा रहे। बैंकिङ ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९ तथा निर्जीवन बीमा ०.२६ प्रतिशतले बढे।

घट्ने कम्पनीहरूमा सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशतले घट्यो। त्यसपछि इङवा हाइड्रोपावर २.७१ र गणपति लघुवित्त २.५३ प्रतिशतले घटे।




