३१औँ साधारणसभाबाट जन चेतना युवा समूहमा नयाँ नेतृत्व घोषणा

धुलिखेल -८ स्थित जन चेतना युवा समूहको ३१ औ सधाण सभा संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भयो।

धुलिखेल नगरपालिका -८ का अध्यक्ष बिनोद गौतमले उद्घाघाटन गर्नुभएको कार्यक्रममा सचिव नवराज बडालले प्रगति प्रतिवेदन र भावी कार्ययोजना , कोषाध्यक्ष नवीन बडालले आगामी वर्षको बजेट , आव ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भयो।२ लाख८५ हजार ९ सय ७२ स्थिर सम्पती रहेको छ।उक्त साधारण सभाले रमेशप्रसाद बडालको नेतृत्वमा नयाँ संचालक समिति गठन गरेको छ।

बिज्ञापन

उपाध्यक्ष बिस्णु बहादुर भुजेल , सचिब नवराज बडाल , कोषाध्यक्ष नवीन बडाल ,सह सचिब पार्वती के सी सदस्यहरु संगीता चौलागाईं सुकदेब बडाल, राजकुमार तोलाङे र रामराज हुमागाइ रहनुभएको संचालक समिति गठन गरेको हो। निर्वाचन उप समिति संयाेजक साधुराम बडाल , सदस्य द्वय दामोदर बडाल र शुशिला तिमल्सिनाको टोलिले निर्बिरोध निर्वाचित समितिलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।संस्थामा हाल सम्म १३५ आजिवन सदस्य रहेका छ्न।समारोहमा सामाजिक योगदान गर्नेहरूलाई सम्मान समेत गरिएको थियो ।