

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले पहिले नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, मन्त्री तथा सरकारी सेवा सुविधा भोगेका व्यक्तिहरूलाई समानुपातिक सूचीमा नराख्ने निर्णय गरिसकेको अवस्थामा प्रमेशकुमार हमाललाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखिएको छ।

हमाल अघिल्लो समयमा उच्च सरकारी पदमा रहेर ब्रसेल्सको २०६४ देखि २०६८ राजदूतको जिम्मेवारी सम्हालिसकेका छन्। यस निर्णयसँगै पार्टीको पूर्वनिर्धारित नीति विपरित व्यवहार भएको टिप्पणीहरू सामाजिक सञ्जाल र राजनीतिक वृतमा व्यापक रूपमा उठेका छन्।


पार्टीको नीति अनुसार समानुपातिक प्रणालीमार्फत नयाँ, सक्रिय र पार्टीभित्रबाट जनताको आवाज प्रतिनिधित्व गर्न सक्ने व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने थियो। तर हमालको सूचीमा पहिलो स्थान पाउँदा राजनीतिक विश्लेषकहरूले यसलाई पार्टीभित्रको असमान निर्णय वा नेतृत्त्वको व्यक्तिगत निर्णयसँग जोडेर हेरेका छन्।
यस विषयमा पार्टीको आधिकारिक जवाफ अझै सार्वजनिक भइसकेको छैन। राजनीतिक समीक्षकहरूले यस कदमले पार्टीको विश्वासिलो छवि र समानुपातिक प्रतिनिधित्वको मूल भावनामा प्रश्न उठाउने संकेत गरेको बताएका छन्।
यसैबीच, आम जनता र पार्टीका सदस्यहरूले आगामी समयमा यस प्रकारका निर्णयले पार्टीको आन्तरिक नीति र लोकतान्त्रिक मूल्यमा असर पार्न सक्ने आशंका व्यक्त गरेका छन्।


