
धुलिखेल – श्री सरस्वती मावि धुलिखेल -८ बडालगाउँको ४६ औ वार्षिकोत्सब ,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष साधुराम बडालको सभापतित्व एवं वडाध्यक्ष बिनोद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद बडालले शैक्षिक स्तरीयताको बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
बिज्ञापन

श्री जनचेतना युवा समुहका अध्यक्ष रमेशप्रसाद न्यौपानेले ब्यक्तीगत रुपमा प्रदान गर्दै आउनुभएको नगद पुरस्कर यो वर्ष उत्कृष्ट अङक ल्याउने कक्षा ९ कि छात्रा सुमी ज्ञवाली र कक्षा ८ का छात्र एलिज तिमल्सिनालाई प्रदान गर्नुभयो । उक्त विद्यालयमा हाल ११४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।





