युनिटी स्कूलमा विज्ञान तथा सामाजिक प्रदर्शनी भव्य रुपमा सम्पन्न

 

फागुन ४ गते
भक्तपुर/ युनिटी स्कुल भक्तपुरमा विज्ञान तथा सामाजिक प्रदर्शनी भव्य रुपमा सम्पन्न सम्पन्न भएको छ ।

बिज्ञापन

सूर्यविनायक नगरपालिका–०५, भक्तपुरमा अवस्थित युनिटी इङ्ग्लिस स्कुलले विज्ञान तथा सामाजिक प्रदर्शनी–२०८२ भव्य रूपमा सम्पन्न गरेको हाे । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यार्थीहरूले अत्यन्त उत्साह, लगनशीलता र आत्मविश्वासका साथ सहभागिता जनाउँदै आफ्ना प्रस्तुतीकरणमार्फत उपस्थित दर्शकहरूको ध्यान आकर्षित गरेका थिए । प्रदर्शनी अवलोकन गर्न आएका अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको प्रयासको उच्च प्रशंसा गरेका थिए ।

बिद्यालयका प्रधानाध्यापक बिपिन गुमान्जुज्यूले कार्यक्रमको सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, आलोचनात्मक सोच, सहकार्य भावना तथा प्रस्तुतीकरण सीपको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक कर्मचारी तथा बिध्यार्थीहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न विज्ञानसम्बन्धी मोडेल तथा प्रयोगहरू, एआई तथा रोबोटिक्स परियोजनाहरू, स्थानीय सामग्रीबाट तयार गरिएका सिर्जनात्मक सामग्रीहरू तथा सामाजिक विषयसम्बन्धी प्रस्तुतीहरू प्रदर्शन गरिएका थिए ।

प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो सिर्जनशीलता, नवीन सोच तथा व्यवहारिक ज्ञान प्रस्तुत गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ । यी प्रदर्शनीहरूले विद्यार्थीहरूको अनुसन्धान क्षमता, समसामयिक वैज्ञानिक तथा सामाजिक विषयप्रतिको बुझाइ र सीपलाई स्पष्ट रूपमा उजागर गर्न मद्दत पुर्याएको छ ।