भारतीय राजदूतसँग प्रधानमन्त्री कार्कीको भेट, निर्वाचन सहयोगबारे छलफल

# भारतीय राजदूतसँग प्रधानमन्त्री कार्कीको भेट, निर्वाचन सहयोगबारे छलफल
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, माघ २७, २०८२
भारतीय राजदूतसँग प्रधानमन्त्री कार्कीको भेट, निर्वाचन सहयोगबारे छलफल

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा भेट गर्दै मुलुकको विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधनसहित विभिन्न सामग्री उपलब्ध गराएकोमा आभार प्रकट गर्नुभयो।

बिज्ञापन
भेटका क्रममा प्रधानमन्त्रीले सहयोगले निर्वाचन व्यवस्थापनमा ठूलो सहयोग पुगेको उल्लेख गर्नुभयो।

जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारत सधैं साथमा रहने बताउँदै मित्रवत् छिमेकीका हैसियतले सहयोग गर्नु आफ्नो कर्तव्य भएको स्पष्ट पार्नुभयो।

उहाँले निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up