
काठमाडौं राजन थापा सडकदेखि सदनसम्मका नागरिकका लागि उपचार सेवा प्रदान गर्दै आएको जनमैत्री अस्पतालका रूपमा परिचित ॐ समाज डेण्टल अस्पताल र MV Dugar Group बीच कर्मचारी कल्याण तथा स्वास्थ्य सेवामा सहकार्यका लागि सम्झौता पत्र (MOU) मा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसार MV Dugar Group का कर्मचारीहरू तथा उनीहरूको परिवारलाई ॐ समाज डेण्टल अस्पतालमार्फत दन्त उपचार तथा अन्य स्वास्थ्य सेवामा विशेष छुट, सहुलियत र प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइनेछ। साथै दुवै संस्थाले स्वास्थ्य सचेतना अभियान, नियमित परीक्षण तथा संयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्झौतामा MV Dugar Group का पब्लिक रिलेसन मेनेजर विश्वास नौपाने तथा ॐ समाज डेण्टल अस्पतालका तर्फबाट बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङ र अस्पतालका सञ्चालक समिति सदस्य तथा सामाजिक अभियन्ता राजन थापा ले हस्ताक्षर गरेका हुन्।

यस सहकार्यले कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुर्याउने र स्वास्थ्य सेवा पहुँचलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।




