बनेपा – नेपाली कांग्रेसको आसन्न १४ जिल्ला अधिवेशनमा निष्ठा, त्यागको राजनिती गर्दै चार दशकदेखि अहोरात्र नेपाली कांग्रेसमा खटिनु भएका अग्रज राजनितीज्ञ नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेलले सभापति पदमा उम्मेदबारी घोषणा गर्नुभएको छ ।

निष्ठा र त्यागको राजनिती गर्ने पौडेलको उम्मेदबारीले इमान्दार कार्यकर्ताहरु निक्कै उत्साहित देखिएका छन् । कांग्रेसलाई निरन्तर जोगाउन, बैचारिक रुपमा सशक्त रुपमा अघि बढाउन २०४७ सालदेखि २०७८ सालसम्म आईपुग्दा अच्युतप्रसाद पौडेलको नाँउ सुनौली अक्षरले लेखिएको छ । निरन्तर रुपमा पार्टीको जिल्ला समितीमा रहेर उहाँले पार्टीलाई अतुलनीय योगदान दिनुभएको छ । जसको कारणले पटक पटक कांग्रेस काभ्रेमा स्थापित हुन मद्धत पुगेको छ ।

२०३६ सालदेखि नेबिसंघको राजनिती मार्फत आफुलाई राजनितीक कार्यकर्ताको रुपमा अघि सार्नुभएको पौडेलले अहिलेसम्म पनि कुनै लोभ र लालच नगरी पार्टीलाई आवश्यक परेको समयमा मन, धन र कर्मले सहयोग गर्नुभएको छ । किशोर अवस्थादेखिनै पार्टीको काममा लाग्नु भएको उहाँले कहिल्यै पनि जागिर खानु पर्छ भनेर सोच्नु भएन । परिवार पाल्नको लागि व्यापार व्यवसाय गर्नुभयो । त्याग र निष्ठालाई निरन्तर जीवनमा लागू गरिरहनु भयो । उहाँको आर्दशले समाजमा धेरै कुरा सिकेको छ ।

२०४८ सालमा काभ्रेका चारवटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापति बन्नेमध्येको एक हुन्ुहुन्थ्यो पौडेल । उहाँसँगै मधुप्रसाद आचार्य, शिवप्रसाद हुँमागाई, शंखबुद्ध लामा क्षेत्रीय सभापति हुनु भएको थियो । करिब २१ बर्षसम्म क्षेत्रीय सभापति बनेर सो क्षेत्रको संगठन निर्माणमा उहाँले खेलेको भुमिका कांग्रेसका कार्यकर्ताले राम्रोसँग बुझेका छन् । आठौ महाधिवेशनदेखि ११ औ महाधिवेशनसम्म उहाँ क्षेत्रीय सभापति बनेर पार्टीलाई निरन्तर योगदान दिनुभयो । सोही महाधिवेशनदेखि हालको १४ औै महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधी भैसक्न्ु भएको छ ।

२०४७ साल माघ १३ देखि हालसम्म उहाँले जिल्ला समितीमा रहेर काम गरिरहनु भएको छ । नेपाली कांग्रेसको संगठन विभागमा रहेर काम गरेको अनुभव पौडेलसँग छ । उहाँ नेपाली कांग्रेस काभ्रेको सहसचिव, सचिव बन्दै अहिले उपसभापतिको भुमिकामा हुनुहुन्छ । धेरै संसदीय निर्वाचन, स्थानीय तहका निर्वाचनमा उहाँले निर्वाचन कमाण्डर बनेर धेरै नेताहरुलाई विजयी गराउनुभएको छ ।

आसन्न नेपाली कांग्रेसको निर्वाचनमा पटकपटक अरुको लागि सहयोग गरेका पौडेलले यस पटक भने आफै सभापति बन्ने भन्दै उम्मेदबारी दिएका पौडेलको पक्षमा असली कार्यकर्ता देखिएका छन् । खुसीयाली छाएको छ र जिताउन योजना बनाउन थालेका छन् ।
पौडेल टुप्पोबाट हैन फेदैबाट पलाएको नेतृत्व भएकाले त्यस्तो गर्विलो नेतृत्व पाउने भएपछि कांग्रेसका कार्यकर्ता दङ्ग छन् ।
निर्वाचनमा उम्मेदबारी घोषणा गरेसँगे पौडेलले आफुले नेपाली कांग्रेसमा लाग्ने निष्ठाबान कार्यकर्ताको लागि र उहाँहरुको आत्मसम्मानको लागि सभापति पदमा उम्मेदबारी दिएको भन्नुभयो । मैले अग्रजलाई निरन्तर सम्मान गरे अब मेरो पनि सभापति बन्ने समय आएकाले सो पदमा उम्मेदबारी दिएको हुँ पौडेलले भन्नुभयो । जित नजिक छ अग्रजको योजनालाई निरन्तर अघि बढाउने उहाँले भन्नुभयो ।

उहाँले अग्रज नेताहरुको सम्मानका लागि आफूले उम्मेदबारी दिएको बताउँदै काभ्रेका राजदास, गोपालदास, सप्तलाल,श्रीराम कर्माचार्य लगायत काभ्रेका तमाम अग्रज नेताहरुको सम्मानको लागि आफू अघि बढेको बताए । उहाँले अग्रजको बिचार पछ्याउनको लागि र उहाँहरुको उदेश्य परिपुर्तीका लागि उम्मेदबार बनेर विजयी हुने भन्नुभयो ।

य्ुवाहरुलाई प्रोत्साहन दिनका लागि हो र युवाहरुलाई समय अनुसारको अवसर दिनको लागि उम्मेदबारी घोषणा गरेको भन्दै निष्ठाको राजनिती गर्नको लागि उम्मेदबारी दिएको स्पष्ट पार्नुभयो । उहाँले आफु कहिल्यै पनि कमाउनको लासि पार्टीमा आएको नभएर सर्मपणका लगि आएको भन्नुभयो । आसन्न निर्वाचनमा त्याग र निष्ठालाई जोगाउँदै कांग्रेसको विरासत कायम राख्नको लागि आफूलाई र आफ्नो टिमलाई मतदान गर्न अनुरोध गर्नु भयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..