

निराज रानाभाट, काठमाडौं । नेपाल कृषि इन्जिनियर्स सोसाइटी ( NSAE ) र iDE Nepal को संयुक्त आयोजनामा माघ २२ र २३ गते ( Feb 5 & 6, 2026 ) ‘ कृषि इन्जिनियरिङ र जलवायु स्मार्ट कृषि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन – २०२६ ( International Conference 2026 on Agricultural Engineering and Climate Smart Agriculture ) ’ हुने भएको छ ।
बिज्ञापन

उक्त सम्मेलनमा समुद्घाटन कार्यक्रम, विभिन्न क्षेत्रका व्यक्तिहरुको प्यानल छलफल, सम्मान कार्यक्रम, समापनलगायत अन्य कार्यक्रम गरिने आयोजकले जनाएको छ । उक्त सम्मेलन राजधानी काठमाडौंको जमल ( कान्ति पथ ) स्थित यल्लो पगोडा होटल हुने छ । सक्रिय सहभागितामा हुने सम्मेलन अझ प्रभावकारी र अर्थपूर्ण बन्ने आयोजकले विश्वास लिएको छ ।




