बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित

# बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, माघ १३, २०८२
बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित

काठमाडौं – अनलाइनमा हुने दुर्व्यवहार, साइबर बुलिङ र मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावप्रति बढ्दो चिन्ताबिच यो कदम चालिएको हो ।विधेयकमा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्मभित्र रहेका सामाजिक नेटवर्किङ सुविधाहरू प्रयोग गर्न रोक लगाउने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सभामा भएको मतदानमा ११६ सांसदले विधेयकको पक्षमा र २३ जनाले विपक्षमा मत दिएका थिए ।अब यो विधेयक माथिल्लो सदन सिनेटमा पठाइनेछ । त्यहाँबाट स्वीकृत भएपछिमात्र अन्तिम मतदानका लागि पुनः राष्ट्रिय सभामा पेस गरिनेछ ।

युवामाझ बढ्दो हिंसा र व्यवहारगत समस्यामा सामाजिक सञ्जाल पनि एक कारण रहेको राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएका छन् ।अस्ट्रेलियाको उदाहरण दिँदै फ्रान्सले पनि कडा नीति अपनाउनुपर्ने धारणा म्याक्रोले राख्दै आएका छन् ।

बिज्ञापन

अस्ट्रेलियाले गत डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानुन लागु गरेको छ । म्याक्रोले यो प्रतिबन्धलाई आगामी सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up