आउँदो निर्वाचन रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभाको निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा नेकपाको एकता सन्देश सभामा बोल्दै उनले सो घोषणा गरेका हुन् ।

बिज्ञापन

उनले पश्चिम रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, उनले पश्चिम रुकुमको विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुख सुखमा एकाकार हुने प्रतिबद्धता जनाए ।

साथै, उनले शिक्षा, स्वास्थ्य, सडकलगायत आवश्यक पूर्वाधार निर्माणमा लाग्ने बताए । प्रचण्ड रूकुम पूर्वसहित १० ठाउँबाट उम्मेदवार सिफारिस भएका छन् ।