शिवपुरी माविमा भव्य दन्त सिविर सम्पन्न, १३६३ विद्यार्थी लाभान्वित

काठमाडौं, राजन थापा साउन ०९ — “स्वस्थ विद्यार्थी, सक्षम समाज” भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले लायन्स क्लब अफ बालकुमारी साङ्ला र ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखाको संयुक्त आयोजनामा शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा एकदिवसीय दन्त स्वास्थ्य सिविर भव्यताका साथ सम्पन्न भएको छ।
१३६३ विद्यार्थी र ५० भन्दा बढी शिक्षक–अभिभावक लाभान्वित एकै दिनमा विद्यालयका सम्पूर्ण तहका १३६३ विद्यार्थी तथा ५० भन्दा बढी शिक्षक र अभिभावकहरूको दन्त परीक्षण गरिएको थियो। परीक्षणका क्रममा करिब २०० जना भन्दा बढीमा गम्भीर समस्या देखिएपछि थप उपचारको सिफारिस गरिएको छ।
ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखाबाट शाखा प्रमुख सबिना पपन गुरुङको नेतृत्वमा निम्न चिकित्सक तथा सहायकहरू सहभागी थिए:
डा. वर्षा कार्की
डा. श्वेजा कार्की
डा. आशिका न्यौपाने
सहायक सावित्रा निरौला
सहायक दुर्गा न्यौपाने

पूर्वविद्यार्थीबाट सेवा — गर्वको क्षण
शाखा प्रमुख सबिना पपन गुरुङ, जो यसै विद्यालयकी पूर्वविद्यार्थी समेत हुन्,ले भावुक हुँदै भनिन्:
“मैले पढेको यही विद्यालयमा आज अस्पतालको शाखा प्रमुखको रूपमा दन्त सिविर लिएर सेवा दिन पाउँदा अत्यन्त गर्व लागेको छ। यो क्षण मेरो जीवनको सर्वश्रेष्ठ योगदानमध्ये एक हो।”
प्रधानाध्यापक प्रकाश सुवेदीले भने:
“हामीले सिकाएका विद्यार्थीहरू समाजमा जिम्मेवार भएर फर्किएका छन्। आजको यो सेवा त्यसको उदाहरण हो।” लायन्स क्लबको सक्रिय सहभागिता
कार्यक्रममा लायन्स क्लब अफ बालकुमारी साङ्लाका अध्यक्ष बिकाश राज कुँवर, सचिव राज कुँवर, लायन शिक्षक दिप कुमार बुढाथोकी, सैलेस थापा, सुधिर थापा लगायत क्लबका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष बिकाश राज कुँवरले भने:
“जहाँ लायन्स क्लब, त्यहाँ समाज सेवा — आजको सिविर त्यो उदाहरण हो।”भन्दै अध्यक्ष कुवर भन्छन् म पनि यसै बिद्यालय काे बिद्यार्थी हु र म पनि अाज मेरा भाइ बहिनी हरुकाे सेवा गर्न पाउदा हर्षित छु।
एकै दिन तीन सिविर — ॐ समाजको सामाजिक अभियान
यो सिविर ॐ समाज डेण्टल अस्पतालले साउन १ गतेदेखि सुरु गरेको तीन विशेष सिविरहरूमध्ये एक हो।
अन्य दुई सिविरहरू:
पशुपतिनाथ परिसरमा भक्तजनका लागि सेवा सिविर
लमजुङमा समुदाय लक्षित दन्त सेवा सिविर
विद्यालय र अस्पतालबीचको यस्तो सहकार्यले सामाजिक उत्तरदायित्वलाई मात्र होइन, शिक्षा र स्वास्थ्यको समन्वयलाई पनि जीवन्त बनाएको स्पष्ट देखिन्छ।

बिज्ञापन