रबि, बालेन र कुलमान मिलाउने अभियानका सक्रिय युवा ऋषि थापाः  जेनजी आन्दोलनदेखि संसदीय राजनीतिक मैदानको तयारीसम्म

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ६ का युवा ऋषि थापा पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको केन्द्रबिन्दु बनेका छन् ।

जेनजी पुस्ताको विद्रोहको नामले चिनिएको २०८२ भदौको आन्दोलनपछि उनको नाम देशव्यापी रूपमा फैलियो । शान्तिपूर्ण प्रदर्शनको मोर्चा सम्हाल्नेदेखि घाइतेहरूलाई अस्पताल पु¥याउने काममा अग्रपंक्तिमा रहेका थापा तोडफोड र हिंसाको विपक्षमा स्पष्ट रूपमा उभिएका थिए । यो आन्दोलनले नेपाली समाजमा युवा पुस्ताको असन्तोषलाई उजागर गरेको थियो भने थापाजस्ता युवाहरूले यसलाई शान्तिपूर्ण र जिम्मेवार बनाउने प्रयास गरेका थिए ।

बिज्ञापन

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण मोड थियो । सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार, कुशासन र युवा बेरोजगारीविरुद्ध सुरु भएको यो आन्दोलनले देशभरि ठूलो प्रभाव पारेको थियो । पहिलो दिन शान्तिपूर्ण प्रदर्शन भएकोमा दोस्रो दिन तोडफोड, आगजनी र हिंसात्मक घटनाहरू बढेका थिए । यस क्रममा दर्जनौंको ज्यान गएको र अर्बौंको क्षति भएको सरकारी तथ्यांक छ । यस्तो संवेदनशील अवस्थामा ऋषि थापा आन्दोलनको मोर्चामा सक्रिय थिए ।

उनले प्रदर्शनको नेतृत्व गर्दै शान्ति कायम राख्ने प्रयास गरेका थिए । घाइते साथीहरूलाई अस्पताल पु¥याउने र उपचारको व्यवस्था मिलाउने काममा उनी अहोरात्र खटिएका थिए । तर, दोस्रो दिन भएको तोडफोड र हिंसाप्रति उनी स्पष्ट रूपमा विपक्षमा थिए । “तोडफोड गर्नुहुँदैन, आन्दोलनलाई शान्तिपूर्ण बनाउनुपर्छ“ भन्ने उनको अडानले धेरै युवाहरूलाई प्रभावित गरेको थियो । यसले थापालाई जेनजी पुस्ताको जिम्मेवार र सतर्क अगुवाको रूपमा स्थापित ग¥यो । जेनजी आन्दोलनपछि ऋषि थापाको राजनीतिक यात्रा तीव्र गतिमा अघि बढ्यो ।

ान्दोलनका प्रमुख अगुवा सुदन गुरुङसँगको निकट सम्बन्धले उनलाई वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा महत्वपूर्ण भूमिकामा पु¥यायो । सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पार्टी एकता गराउन अग्रणी भूमिका निर्वाह गरेका थिए । यो एकता प्रक्रियामा ऋषि थापाले गुरुङसँग मिलेर महत्वपूर्ण योगदान दिए ।

छलफलहरूमा सहभागी हुँदै उनीहरूले युवा पुस्ताको आवाजलाई वैकल्पिक राजनीतिमा समेट्ने प्रयास गरे । यसै क्रममा ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि रास्वपामा एकीकरण गराउन थापाको भूमिका उल्लेखनीय रहेको स्रोतहरू बताउँछन् । कुलमान घिसिङको लोकप्रियता र रास्वपाको युवा आधारलाई जोडेर नयाँ शक्ति निर्माण गर्ने लक्ष्यमा थापा सक्रिय थिए । यद्यपि एकता प्रक्रियामा केही उतारचढाव आए पनि थापाको प्रयासले युवा नेतृत्वको एकताको सन्देश दिएको थियो । गाउँ स्तरमा पनि ऋषि थापा विकास निर्माण र सामाजिक कार्यमा सक्रिय छन् ।

बेथानचोक गाउँपालिकामा विभिन्न समिति र युवा क्लब संलग्न हुँदै उनी स्थानीय विकासका लागि खटिएका छन् । सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधारहरूको निर्माणमा उनको योगदान स्थानीयबासीले प्रशंसा गर्छन् । गाउँका युवाहरूलाई संगठित गरेर सामाजिक कार्यमा लगाउने उनको शैलीले थापालाई गाउँको लोकप्रिय व्यक्तित्व बनाएको छ ।
जेनजी आन्दोलनको अनुभवले उनमा राजनीतिक चेतना झन् बढाएको छ । उनी भन्छन्, “गाउँको विकास र राष्ट्रिय परिवर्तन दुवैमा युवाको भूमिका अपरिहार्य छ । “अब ऋषि थापाको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा उनी जुटेका छन् ।
यो क्षेत्रमा परम्परागत दलहरूको प्रभाव बलियो रहे पनि जेनजी पुस्ताको असन्तोष र वैकल्पिक शक्तिको उदयले नयाँ सम्भावना देखिएको छ । थापा सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टी वा सम्बद्ध वैकल्पिक शक्तिबाट उम्मेदवारी दिने तयारीमा छन् । उनको उम्मेदवारीले युवा मतदातालाई आकर्षित गर्ने अनुमान गरिएको छ ।
जेनजी आन्दोलनको अनुभव, शान्तिपूर्ण अडान र विकासप्रतिको प्रतिबद्धताले थापालाई बलियो उम्मेदवार बनाउने विश्वास गरिएको छ । ऋषि थापाको यात्रा नेपाली युवा पुस्ताको प्रतिनिधित्व गर्छ । आन्दोलनको मैदानबाट राजनीतिको केन्द्रसम्म आइपुग्दा उनले शान्ति, विकास र परिवर्तनको सन्देश बोकेका छन् । काभ्रे क्षेत्र नं. १ को चुनावमा उनको प्रवेशले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याउने निश्चित छ । युवाहरूको आकांक्षा पूरा गर्न थापाजस्ता व्यक्तित्वको उदयले नेपाली राजनीतिमा सकारात्मक परिवर्तनको आशा जगाएको छ । उनको भविष्यको यात्रा कस्तो हुने हो, त्यो आगामी दिनले देखाउने छ । तर, अहिलेसम्मको उनको योगदानले ऋषि थापालाई जेनजी पुस्ताको प्रेरणादायी व्यक्तित्व बनाएको छ ।