झापाका फरार कैदी आलम मियाँ भारतमा बेहोस भएर निधन

# झापाका फरार कैदी आलम मियाँ भारतमा बेहोस भएर निधन
काभ्रे प्रेस
काभ्रे प्रेस || शनिबार, पुष १२, २०८२
झापाका फरार कैदी आलम मियाँ भारतमा बेहोस भएर निधन

उनले लुकीछिपी भारतको हिमाञ्चल प्रदेशस्थित एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गरिरहेका थिए। पुस १० गते अचानक बेहोस भएर लडेका मियाँको उपचारका क्रममा भारतमै मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय हुँदै आज घर ल्याइएको छ। जबर्जस्ती करणीको आरोपमा अदालतको फैसला अनुसार मियाँ चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
up