
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बीच आज निर्वाचनबारे छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री कार्की, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायत सहभागी थिए ।
बिज्ञापन

भेटमा उनीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गरेका हुन् ।


प्रधानमन्त्रीले चुनावको वातावरण बनाउन दलका शीर्ष नेताहरूसँग संवाद थालेकी हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो ।


