३१ औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि: आयोजक नेपाल पुलिस स्कुल साँगा र सैनिक आवासिय महाविद्यालय फाइनलमा

साँगा – नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन भइरहेको ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगितामा नेपाल पुलिस स्कुल र सैनिक महाविद्यालय फाइनलमा प्रवेश गरेका छन्।

आइतबार खेलिएको पहिलो सेमिफाईनल खेलमा सैनिक महाविद्यालयले पिस प्वाइन्ट स्कुललाई टाइबेकरमा ४-२ अन्तरले पाखा लगायो। निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकलिएको थियो।

बिज्ञापन

टाइबेकरमा सैनिकका किपरले पिस प्वाइन्टका दुई पेनाल्टिलाइ बचाउ गरि टिमको फाइनलमा स्थान सुरक्षित गरेका थिए। सैनिकका गोल किपर अलिन तामाङ प्लेयर अफ द म्याच घोषित भए ।
आयोजक नेपाल पुलिस स्कुल ‘रातो’ र पुलिसकै अर्को टिम नेपाल पुलिस स्कुल धरान बिचको दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस स्कुल ‘रातो’ ले २-० गोल अन्तरले जित्दै लगातार दोस्रो बर्षपनि फाइनलमा स्थान सुरक्षित गरेको छ। पुलिस रातोका मनिष बनरइत प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताको फाइनल खेल पौष ४ गते शुक्रबार नेपाल प्रहरिका आइजिपि दानबहादुर कार्कीको उपस्थितिमा नेपाल पुलिस स्कुल साँगाको खेल मैदानमा हुनेछ।

मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ विद्यालयका १५ टिमले प्रतिस्पर्धा गरेका थिए। आयोजक नेपाल पुलिस स्कुलका दुई टिम सहित नेपाल पुलिसकै अन्य स्कुलहरु (सामाखुसी, धरान, र चितवन) सहित काभ्रे र काठमाण्डौ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहेको थियो।

लिग कम नकआउट आधारमा सञ्चालन भएको सो प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः रु. ६०,०००, रु. ४०,००० र रु. २०,००० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान जित्नेछन्। साथै, उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।र