नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

# नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, पुष ११, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा बिहीबार महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम पूरा गर्नुपर्ने र त्यसपछि वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको तयारी गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, तथा सदस्य विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
up