काभ्रेको बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । चालु आर्थिक बर्ष २०७८- ७९ को बार्षिक स्विकृत कार्यक्रम अनुसार गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो । भविष्यमा लोक सेवा आयोगबाट सञ्चालन हुने शाखा अधिकृत तथा ना.सु. पदको तयारीका लागि कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।                                         कक्षामा ६० जना सम्म सहभागि गराइने छ भने बेथान्चोकै पार्वती माद्यामिक विद्यालयमा कक्षा सञ्चालन हुने छ । कक्षाको लागि ५ लाख रुपैँया बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार कक्षा लिन इच्छुकहरुलाई सहभागिताको लागि गाउँपालिकाले अनुरोध पनि गरेको छ । इच्छु व्यक्तिहरुले कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तिण भएको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र १८ बर्ष उमेर पुरा भएको हुनुपर्ने छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..