पौष ११ गते केयूमा ‘केयु आईटी मीट २०२५’ हुँदै 

# पौष ११ गते केयूमा ‘केयु आईटी मीट २०२५’ हुँदै 
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, पुष ०८, २०८२
पौष ११ गते केयूमा ‘केयु आईटी मीट २०२५’ हुँदै 

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)मा ‘आइटी मिट २०२५’ आयोजना गरिएको छ । काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (केयूसिसी) को आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले ‘आइटी मिट २०२५’ को तयारी पुरा भएको बताए ।  साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधि शिक्षा र विकासमा अग्रणी भूमिका खेल्दै आएको क्लबले नवप्रवर्तन, सहकार्य र सीप विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित हरेक वर्ष ‘आइटी मिट’ आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष किरण दाहालले बताए । उनका अनुसार, यो कार्यक्रम विद्यार्थीहरूको प्राविधिक क्षमता, नेतृत्व र सिर्जनशीलता प्रदर्शन गर्ने प्रभावकारी मञ्च हो ।

बिज्ञापन

‘कनेक्ट, कम्प्युट, क्रियट’ भन्ने मूल नारासहित डिसेम्बर २१ देखि २६ सम्म सञ्चालन हुने ‘आइटी मिट २०२५’ मा १५ भन्दा बढी कार्यक्रमहरू समावेश गरिएका छन्। प्रि–इभेन्टका रूपमा ‘इम्पावर हर’, ‘वी सिल्ड साइबर’, ‘गेमिङ इभेन्ट्स’ र ‘आइडिया पिचिङ’ आयोजना गरिनेछ भने प्रदर्शनी तथा पोस्ट–इभेन्टका कार्यक्रमहरू पनि रहनेछन् ।

कार्यक्रमको मुख्य आकर्षण पौष ११ गते हुने मुख्य इभेन्ट हो । सो अवसरमा विद्यार्थीहरूले तयार पारेका हार्डवेयर तथा सफ्टवेयर परियोजनाहरूको प्रदर्शनी हुनेछ । साथै, करियर फेयरअन्तर्गत ११ भन्दा बढी कम्पनीहरूको स्टल रहनेछन्, जहाँ विद्यार्थीहरूले रोजगारीका अवसर, इन्टर्नसिप र नेटवर्किङका सम्भावनाहरू पाउनेछन् । यसैगरी ‘दि एआई वेभ ः इलुजन अर इनोभेसन’ शीर्षकमा प्यानल छलफल, ‘आइटी क्विज’ लगायत विभिन्न ज्ञानमूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up