एमाले महाधिवेशनपछि आज प्रदेश र जिल्ला कमिटीको पहिलो भर्चुअल बैठक 

# एमाले महाधिवेशनपछि आज प्रदेश र जिल्ला कमिटीको पहिलो भर्चुअल बैठक 
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, पुष ०८, २०८२
एमाले महाधिवेशनपछि आज प्रदेश र जिल्ला कमिटीको पहिलो भर्चुअल बैठक 

काठमाडौं : नेकपा एमालेले आज ११ औँ महाधिवेशनको सन्देश देशभरि प्रवाह गर्नका लागि सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यममार्फत महाधिवेशनको सन्देश पार्टीका ठुलो समूहलाई एकैपटक प्रवाह गर्न लागेका छन्। महासचिव पोखरेलले दिउँसो २ बजे पार्टी कार्यालयबाट सम्बोधन गर्ने तय गरिएको छ।

केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार, बैठकमा सहभागी हुने सबै सदस्यलाई जुम आइडी पठाइसकिएको छ, जसमा जिल्ला कमिटीका पदाधिकारीदेखि सचिवालय सदस्य र प्रदेश कमिटीका पदाधिकारी सबै समावेश छन्।

बिज्ञापन

महाधिवेशनको प्रारम्भिक निर्णय जनसमक्ष पुर्याउनका लागि आजको बैठक आयोजना गरिएको हो। अधिकारीका अनुसार, महासचिव पोखरेलले महाधिवेशनले चुनेको नेतृत्व, कार्यभार र वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट पार्ने छन्।

एमालेले स्थानीय तहमा भइरहेको गतिविधि, पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्वीकारेर पार्टी पंक्तिमा निर्देशन पठाउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस !
up