काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ धुवाकोट डाँडामा महादेव मन्दिर निर्माणार्थ महायज्ञ लगाएको छ । धुवाँकोट डाँडामा मन्दिर निर्माको लागि आर्थिक सहयोग जुटाउनको लागि भन्दै चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ लागएका हुन् ।
कैलाशेश्वर महादेव मन्दिर निर्माण उपभोक्ता समितिको आयोजनामा पितृ मोक्ष एवं निर्माण शुभारम्भ भएको श्री कैलाशेश्वर महादेव मन्दिर निर्माणार्थ फागुन २५ गतेबाट यज्ञ शुरु भएको हो । यज्ञ ११ दिनसम्म चैत्र ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । महायज्ञमा उप-वाचक अच्युत त्रिपाटीको संयोजकत्वमा प्रमुख वाचक रमेश पौडेलसहित ११ जनाको प्रवचक टिम रहेका छन् ।
धुवाँकोट डाँडामा प्राचिन कैलाशेश्वर महादेवको मन्दिर रहेको छ । बुढापाका मानिसहरूका अनुसार यो मन्दिर धेरै पुरानो मन्दिर हो । मन्दिर पुरानो भएपनि भौतिक संरचना भने अहिलेसम्म निर्माण हुन सकेको छैन् । सोही मन्दिरको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउनको लागि यज्ञ गरेको आयोजक बिदुर प्रसाद न्यौपानेले जानकारी दिए । सो मन्दिर निर्माणको लागि न्यौपानेले ६ आना २ पैसा २ दाम जग्गा दान गरेका छन् । मन्दिर निर्माणको लागि डिपिआरसहित करिब २ करोड जति आर्थिक आवश्यक पर्ने न्यौपानेले जानकारी दिए ।
प्रमुख वाचक रमेश पौडेलका अनुसार सतिवेदीले देह त्यागपछि सतिदेवीको मृत शरिर बोकेर महादेव पृथ्वी परिक्रमा गर्नेक्रममा पूर्वबाट पशुपति फर्कनेक्रममा त्यही स्थानमा बास बसेको किम्बदन्ती रहिआएको छ । जानकारहरुका अनुसार पशुपतिनाथ भन्दा पुरानो कैलाशेश्वर महादेव भन्ने छ । कथा वाचक रमेश पौडेलका अनुसार पशुपतिनाथको दर्शनपछि कैलाशेश्वर महादेवकोे दर्शन गरे मनले चिताएको पुरा हुने छ ।
आर्थिक पारदर्शीका लागि सबै सहयोग रसिद काटेर मात्र लिने गरेको आयोजक विनोद केसीले जानकारी दिए । आर्थिक सहयोग गरी पुण्य कमाउन केसीले अनुरोध गरे । दुई हजार देखि ५ हजारसम्म सहयोग गर्ने समाजसेवीलाई सम्मानपत्रसहित खादाले सम्मान गर्ने छ । त्यसरी नै ५ हजारदेखि २५ हजार सम्म दान गर्ने दातालाई सम्मान पत्रसहित शिलालेखमा नाम राख्ने, ५० हजारदेखि एक लाख सम्म सहयोग गर्ने दातालाई सम्मानपत्रसहित ताम्रापत्र र फोटो राखिने, एक लाखदेखि माथी सहयोग गर्ने दानबीरलाई सम्मानपत्र, ताम्रापत्र र फोटोसहित आजीवन सदस्य राखिने र सबैभन्दा बढी दान गर्ने दातालाई मन्दिर निर्माण पश्चात दानबीरद्वारा उद्घाटन गर्ने आयोजकले जनाएका छन् । पितृमोक्षका लागि फोटो राख्न न्युनतम ५ सय लिने गरेको पनि आयोजकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..