चार महिनामा भित्रियो करिब ७ खर्ब रेमिट्यान्स

# चार महिनामा भित्रियो करिब ७ खर्ब रेमिट्यान्स
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर २९, २०८२
चार महिनामा भित्रियो करिब ७ खर्ब रेमिट्यान्स

काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा नेपालमा करिब सात खर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार, गत कात्तिक महिनासम्म विप्रेषणको कुल रकम ३१.४% को वृद्धिसहित रु ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ। कात्तिक महिनामा मात्र एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँको विप्रेषण नेपाल भित्रिएको छ।

बिज्ञापन
त्यसैगरी, केन्द्रीय बैंकको विवरण अनुसार, यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ।

चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) लिने नेपालीहरूको सङ्ख्या १ लाख ४५ हजार ९७३ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ पुगेको जानकारी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up