एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आजदेखि काठमाडौँमा बन्दसत्र

काठमाडौं,
मंसिर २८ ।

नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज (आइतबार) देखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आज र भोलि सञ्चालन गरिने भएको हो ।

बिज्ञापन

अहिले बिहान ८ बजे बन्दसत्र सुरु गर्ने तयारी एमालेले गरेको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिँदै हुनुहुन्छ । आजदेखि दुई हजार २६२ जना महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन् ।

एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् । सबै गरेर एमाले केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ ।