
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहीद पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सहीद पत्रकार सुरेश रजकको घरमा पुगेर मन्त्री खरेलले परिवारसँग भेट गरेका हुन् ।

सो क्रममा मन्त्री खरेलले सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने बताए । सुरेशको मृत्युको घटनाको छानविन गरी सत्यतथ्य बाहिर आउनुपर्ने उनले बताए । सरकारले सहीद घोषणा गरिसकेकाले सुरेशलाई हरेक नेपालीले सदैव सम्मानपूर्वक स्मरण गर्ने उनको भनाइ छ ।
बिज्ञापन

२०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेशको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।




