

विविध कमजोरीका बावजुद राष्ट्रिय स्वाधिनता र राष्ट्रियताका पक्षमा उभिएको एमालेलाई अडिग भएर अगाडि बढ्न शुभकामना व्यक्त गर। हामी पनि साथमा छौं, हामीलाई कुनैपनि प्रकारको साम्राज्यवादी हैकम स्वीकार्य छैन ।

चन्दले कोहि कसैको गिद्धेनजर नेपालमाथि लागेको हामीलाई स्वीकार्य छैन । उनले भने, अहिले बनेको अनौठो प्रकारको अध्याँरो कुनाबाट बनेको सरकारलाई समर्थन नभएको बताए ।


अहिले सम्मको परिवर्तनमा दलहरुको योगदान रहेको छ । यसलाई सबैले मान्न तयार हुनुपर्छ । तर अब नयाँ, पुराना, देश र विदेशमा रहेका सबै एकाकार हुनुपर्छ । सच्चिनु पर्ने ठाउँमा सच्चिएर जानुपर्छ । यो देश हाम्रो हो कसैको अधिनमा जान्नौ । चन्दले भने, अब हामी कम्युनिष्टहरु सबै एउटै घटक भएर जानुपर्छ ।
एमालेको शनिबार भक्तपुरमा आयोजना गरिएको ११ औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै देशलाई जटिल परिस्थितिमा लैजाने, नवउपनिवेशवाद लाद्ने, जिम्मेवार दलहरुलाई उपक्षा गर्नेहरुको विरुद्ध एक हुनुको विकल्प नभएको बताए ।
विषम परिस्थितिमा नेकपा एमालेले आँट, भरोसा र विश्वासका साथ महाधिवेशन गरेको र आगामी नेतृत्व सक्षम, सबल बनाउँदै देशको उन्नतिको पक्षमा महत्वपूर्ण सन्देश दिने विशवास व्यक्त गरे ।


