
काभ्रेपलान्चोक – तामाङ राष्ट्रिय मुक्ति मोर्चाले प्रतिनिधिसभा काभ्रे क्षेत्र नं १ बाट नेकपाबाट खड्ग बहादुर जिम्बा(अविरल) र सुर्यमान दोङ(लालध्वज) लाई उम्मेदवारको लागि सिफारिस गरेको छ ।
अविरल जिम्बा काभ्रेको डाँडापारी साविक डाँडागाउ गाविस हाल खानीखोला गाउपालिका वडा नं ३ का हुन ।

अविरल जिम्बा सामाजिक कार्यमा निकै लोकप्रिय नाम हुन उनले थुप्रै विद्यालय र स्वास्थ्य चौकी भवन निर्माण देखि स्वास्थ्य शिविरहरु सन्चालन र विद्यालयहरुमा ट्रयाकसुट स्टेशनरी सामानहरु ल्याप्टप प्रोजेक्टर फर्निचरहरु स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आईरहेका छन । बाढी पहिरोको बेला रोशी तेमाल खानीखोलामा राहत बाँडेका जिम्बा सोलुखुम्बु,धादिङ, नुवाकोट र काभ्रे लगायतका जिल्लाहरुमा सामाजिक कार्यमा सक्रिय छन ।

जेन्जि आन्दोलन पश्चात् राजनितिमा युवाहरुको माग ह्वात्तै बढे लगतै तारामुमोले युवालाई अगाडि सार्ने रणनिति अन्तर्गत युवा सामाजिक ब्यक्तित्व अविरल जिम्बालाई सिफारिस गरेका हुन ।


नेकपा एमाले र नेपाली काङग्रेसबाट यस क्षेत्रबाट पुरानै अनुहारका उम्मेद्वार आउने भएकाले नेकपाबाट नयाँ अनुहार, युवा र त्यसमाथि सामाजिक ब्यक्तित्व खड्ग बहादुर जिम्बा(अविरल) लाई अगाडि सारेमा चुनाव जित्ने अड्कल तारामुमोले गरेका छन ।


